दक्षिण कोरियाली सर्वाइभल थ्रिलर शृङ्खला ’स्क्विड गेम’ तेस्रो सिजनसँगै समाप्त हुनेछ । तेस्रो सिजन जुन २७ मा रिलिज हुने नेटफ्लिक्सले जनाएको छ । दोस्रो सिजनको चरमोत्कर्षमा पुगेको हुनाले पनि प्रतियोगिता समाप्त गर्ने योजना बनाएका छन् र तेस्रो सिजनले खेलमा फसेका खेलाडीहरू कसरी सकुशल हुन सक्दछ भन्ने जिज्ञासा मेटिने छ । अथवा उनी यो अभियानमा असफल हुनेछन कि ? गी हुनको भूमिका ली जंग–जेले निर्वाह गरेका छन् ।
तेस्रो सिजनमा ली जंग–जेसँगै वेई हा–जुन र ली ब्युङ–हुन पनि प्रस्तुत हुनेछन् । कार्यक्रममा वेई हा–जुनले जुन होको भूमिका निर्वाह गर्नेछन् भने ली ब्युङ–हुनले फ्रन्टम्यानको भूमिका निर्वाह गर्नेछन् । ’स्क्विड गेम’ को दोस्रो सिजन गत डिसेम्बर २६, २०२४ मा रिलिज भएको थियो र यसमा ७ एपिसोडहरू थिए । पहिलो र दोस्रो सिजनको बीचमा ३ वर्षको अन्तर थियो । जबकि दोस्रो र तेस्रो बीच ७ महिनाको अन्तर हुनेछ ।
निर्माताहरूले दोस्रो र तेस्रो सिजन लगातार छायांकन गरेका छन् । दोस्रो सिजनमा गि–हुन फर्किन्छन् । तीन वर्षअघि ४५.६ अर्ब दक्षिण कोरियाली वन जितेपछि उनी एक मात्र जीवित खेलाडी हुन् । अब ऊ यी भयानक खेलहरूको पछाडि रहेको खतरनाक संगठनलाई नष्ट गर्न आएको छ । नयाँ खेलाडीहरूलाई जोगाउन उनले धेरै चुनौतीहरूको सामना गर्छन् ।
डिसेम्बरमा रिलिज भएको ’स्क्विड गेम सिजन २’ १७ करोड ३० लाखभन्दा बढी पटक हेरिएको छ । यो कार्यक्रम १.२ अर्ब घण्टाभन्दा बढी समयदेखि हेरिएको छ । यो नेटफ्लिक्समा दोस्रो सबैभन्दा धेरै हेरिएको गैर–अंग्रेजी श्रृंखला बन्यो ।