आज शनिबारबाट आठ दिने स्वयम्भू महोत्सव शुरु

0



काठमाडौं । काठमाडौं महानगरपालिका वडा १५ को आयोजनामा आज फागुन १० गते शनिबारदेखि १७ गते शनिबारसम्म आठ दिने स्वयम्भू महोत्सव शुरु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष इश्वरमान डंगोलले वडाको भौगोलिक अवस्थिति, धार्मिक, सांस्कृतिक तथा सामाजिक रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बासहितका प्राचीन स्मारकजस्ता विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्न महोत्सवको आयोजना गर्न लागेको कुरा गत बिहिवार स्वयम्भुको भगवान पाउ स्थित उक पत्रकार भेटघाटको आयोजना गर्दै जानकारी दिएका थिएण् ।

‘सबैले मेरो महोत्सव हो भन्न सक्ने, सद्भावयुक्त पहिचानको प्रवर्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । यो पहिचानले वडासँगै वडाबासी व्यक्ति, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको दिगो रुपमा आर्थिक तथा सामाजिक विकास हुन सकोस् भन्ने हाम्रो अभिप्राय रहेको छ,’ उनले भने ।

महोत्सवमा करिब ६० वटा स्टलहरु रहने र प्रदर्शनीमा घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुहरुको बजार व्यवस्थापनका लागि प्राथमिकता दिइने पनि उक्त कार्यक्रममा जानकारी गराए । साथै नेवाहरुको बाहुल्यता रहेको यस क्षेत्रमा नेवा कला, संस्कृति र सम्पदाहरुको बारेमा प्रचार प्रसार गर्ने र सो सम्वन्धी सेवा प्रदान गर्ने योजना रहेको उनले बताए । प्रदर्शनीमा परम्परागत बाजा, नेवा समुदायका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा संकलनको प्रदर्शनी लगायतका स्टल रहने पनि जानकारी गराए ।

वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तु प्रदर्शन, नेवाका मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका आकर्षण हुनेछन् ।

‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछ । महोत्सवमा स्थानीय सहभागिता गर्न वडाले वडास्तरीय छलफल आयोजना गरिसकेको छ । यस्तै महोत्सव प्रवर्धनका लागि साइकल ¥यालीलगागत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन शाहले गर्ने पनि आयोजकले जानकारी दिएको छ ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top