चाँगुनारायणका महिलाहरुलाई हातले कपडा बुन्ने तालिम दिईने

0



भक्तपुर । चाँगुनारायण नगरपालिकाका स्थानीय महिलाहरुलाई हातले कपडा बुन्ने तालिम प्रदान गरिने कार्यक्रमको शुभारम्भ भएको छ । महिला विकास केन्द्रको आयोजनामा चाँगुनारायणका करिब पचास महिलाहरुलाइ तालिम दिन लागिएको जनाइएको छ ।

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आ.व. २०८१÷०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत महिलाहरुको सीप विकासको लागि हाते होजियारी तालिम दिन लागिएको हो ।

उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै नेकपा (माअ‍ेवादी केन्द्र) का केन्द्रीय सदस्य डि.पि ढकालले महिलाहरु आर्थिक अभावकै कारणले घरेलु हिंसाको शिकार हुने गरेको बताउँदै नेता ढकालले तालिम महिलाहरुको सीप विकास मात्र नभई आर्थिक समृद्धिमा समेत मद्दत गर्ने विचार व्यक्त गरे 

बागमती प्रदेश सभा सदस्य भुवनकेशरी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व संविधानसभा सदस्य उमा कपाली, नेकपा (माअ‍ेवादी केन्द्र) चाँगुनारायण नगर समिति सचिव चण्डिका लामिछाने, अनेमसंघ (क्रान्तिकारी) भक्तपुर अध्यक्ष राजेश्वरी सिल्पकार, वाइसियल नेपाल भक्तपुर अध्यक्ष सरराज उप्रेतीलगायत महिलाहरुको उपस्थिति रहेको नेकपा (माअ‍ेवादी केन्द्र) चाँगुनारायण नगर समिति अध्यक्ष नरेश खड्काले जानकारी दिए ।

तालिम भोलि फागुन १७ गते शनिबार देखी सुरु भई करिब एक महिनासम्म दिईने अनेमसंघ (क्रान्तिकारी) चाँगुनारायण अध्यक्ष चण्डिका पाण्डेले बताईन् ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top