भक्तपुर । मध्यपुर थिमिको बोदे क्षेत्रमा रहेको धर्मचक्र गुम्वा निर्माण गर्न जग पूजा गरी नगर प्रमुख सुरेन्द्र श्रेष्ठले शिलान्यास गरेका छन् । गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष गणेशमान चक्रधरले करिब ७० लाखको लागतमा निर्माण कार्य सम्पन्न हुने जानकारी गराए । त्यसका लागि स्थानीय सुकुदेव साहुखलको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको र सो समितिले दुई वर्ष भित्रका गुम्बा निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको उनले बताए ।
शिलान्यास समारोहमा नगर उपप्रमुख बिजय कृष्ण श्रेष्ठ, वडा नं ९ का वडा अध्यक्ष सानुकाजी राजवाहक, बौद्ध गुरुहरु र भक्तजनहरुको समेत उपस्थिति रहेको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
