भक्तपुर । नेपाल अडिटर्स एशोसिएसन् भक्तपुरको सातौँ जिल्ला अधिबेशन चैत्र २ गते शनिबार सिबर्ड ईन्टरनेसनल कलेजको सभाहलमा सम्पन्न भएको छ । अडान भक्तपुरका कार्यबाहक अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न्न अधिबेशनको प्रमुख अतिथि केनिद्य्रय अध्यक्ष बद्रि प्रसाद भट्टराईको प्रमुख अतिथ्यता रहेको थियो ।
अधिबेशनमा बिशिष्ठ अतिथिहरू अडान केन्द्रका तृतीय उपाध्यक्ष, आइक्यान पार्षद झलक मणि लम्साल, आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत शुभ प्रसाद रिजाल, अडानका केन्द्रिय उपाध्यक्ष एबं उपत्यका इन्चार्ज भोलानाथ पाठकबाट शुभकामना मन्तव्य व्यक्त गरिएको थियो
साथै सो अधिवेशनबाट आगामी ३ बर्षको लागि ज्ञानकृष्ण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्बाचित गरिएको छ । जसमा उपाध्यक्ष रेविद कुश्मा, सचिब केशवराज पन्त, सह सचिब श्याम प्रसाद मुनकर्मी, कोषाध्यक्ष सुदेश बहादुर श्रेष्ठ, सह कोषाध्यक्ष बद्रि बहादुर खडका रहेका छन भने सदस्यहरूमा त्रमशः रमेश थापा श्रेष्ठ, शैलेश धिमाल, सावित्री धौभडेल र राम बिनोद लम्साल निर्बाचित भएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । कार्यक्रमको सहजीकरण जिल्ला समिति सदस्य केशब राज पन्तले गरेको कार्यक्रममा अडान ललितपुरका अध्यक्ष बिश्वदेब श्रेष्ठ, काठमाण्डौ अध्यक्ष पूर्ण बहादुर चन्द, उपत्यका प्रदेश समितिका अध्यक्ष टिकाराम पौडेल, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज हीरारत्न बज्राचार्य, महासचिब प्रेम बहादुर श्रेष्ठ, उपाध्यक्ष श्री मिरा श्रेष्ठ, अडान केन्द्रका तृतीय उपाध्यक्ष तथा अइक्यान पार्षद झलक मणि लम्साललगायतको उपस्थित रहेको थियो ।