भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ६ बाहाखाबजारस्थित होली गार्डेन इग्लिंस सेकेण्डरी स्कुलले आफ्रनो ४२ औं वार्षिकोत्सव सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरगोविन्द शंखदेवको सभापतित्वमा आयोजित कार्यक्रमको उद्घाटन मध्यपुर थिमि नपा ६ का वडाध्यक्ष ज्ञानदास प्रजापतिबाट भएको थियो ।
विद्यालयका प्रधानाध्यापक रत्नमान शंखदेवले विद्यालयको वार्षिक प्रगति विवरण पेश गर्दै समयसापेक्ष प्राविधिक शिक्षा प्रदान गर्न स्कुलले डिजिटल बोर्डका माध्यमबाट अध्यापन गराउनुका साथै गणित प्रयोगशालामार्फत गणित अध्यापन गराउँदै आएको जानकारी दिए । कार्यक्रमका सभापति नरगोविन्द शंखदेवले शिक्षाको गुणात्मक विकास, विस्तार र व्यवहारिक शिक्षाको लागि शिक्षाकर्मी, बुद्धिजिवि, जनप्रतिनिधि सबैको साथ र सहयोगका साथ अघि बढिरहेको जानकारी दिए ।
कक्षा एसकेजीको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको उक्त कार्यक्रममा नर्सरीदेखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य, कविता, खेल प्रदर्शन मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रममा गतवर्षको एसईई परीक्षामा सफल भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयमा दुईदशक भन्दा लामो समयदेखि निरन्तर अध्यापनरत शिक्षक रामप्रसाद न्यौपानेलाई चाँदीको सिक्का सहित दिर्घसेवा सम्मान प्रदान गरिएको कार्यक्रम शिक्षिका मेनका श्रेष्ठले संचालन गरेको थियो ।