विनायकको छत्तीसौँ वार्षिकोत्सव सम्पन्न

0

भक्तपुर । विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८१ साल चैत्र २८ गते आफ्नो स्थापनाको ३६ औँ विद्यालय वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको र्छ । मध्यपुर थिमि नगरपालिकाका शिक्षा तथा सामाजिक विकास महाशाखाका प्रमुख ज्ञानेन्द्र भट्टको प्रमुख आतिथ्यतामा तथा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।

शैक्षिक सत्र २०८१ मा भएका सिसिए तथा इसिएका पुरस्कार विजेता विद्यार्थीहरूलाई ट्रफी तथा मेडल प्रदान गरिएको उक्त कार्यक्रममा बहुसंख्यक अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, अभिभावक अतिथिहरू अभयन्द्र रन्जित, नरेन्द्र अवाल, उषा प्रजापतिलगायतले मन्तव्य राखेको थियो ।

विशेष गरेर शैक्षिक सत्र २०८१ का उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले गीत ,बाद्यवादन र नृत्य प्रस्तुत गरेका थिए भने लगातार २० वर्षभन्दा बढी कार्यरत नौ जना शिक्षक शिक्षिका तथा दुईजना कर्मचारीहरूलाई विनायक दीर्घ सेवा पुरस्कार प्रदान गरिएको बताउँदै विद्यालयका प्रिन्सिपल प्रजापतिले संस्कारले अनुशासनको विकास गर्ने र अनुशासित विद्यार्थी नै भोलिको विश्व बजारमा टिक्न सक्ने भएकाले संस्कार ,सीप र युग सुहाउँदो प्रगतिशील सोचको रूपान्तरित शिक्षा मा विद्यालयले स्थापनाकालदेखि नै जोड दिँदै आएको र हाल २१औँ शताब्दीलाई स्वीकार गर्ने प्रविधियुक्त शिक्षामा विशेष जोड दिइरहेको बताए । 

कार्यक्रममा विद्यार्थीहरूको प्रतिभालाई पहिचान गरेर एक विद्यार्थी एक सीपको अवधारणामा शिक्षा दिइरहेकोमा विद्यालय परिवारप्रति उपस्थित अभिभावकहरूले धन्यवाद ज्ञापन गरेका थिए ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top