भक्तपुर । “Nagarkot is more then Sunrisre” (नगरकोट सूर्योदय भन्दा सुन्दर छ ।) भन्ने नारासहित ‘नगरकोट भ्रमण वर्ष–२०८२’ नयाँ वर्षको वैशाख १ गतेबाट एक वर्षसम्म मनाइने भव्यताका साथ भएको छ । चाँगुनारायण न.पा., मण्डनदेउपुर न.पा., बनेपा न.पा. र शंखरापुर नगरपालिकाको संयुक्त आयोजना रहने यस भ्रमण वर्षको उद्घाटन कार्यक्रम वैशाख १ गते नगरकोटको बतासे डाँडास्थित सनराइज भ्यू पार्कमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता हुने कार्यक्रम तया भएको चेत्र २९ गते नगरकोटमा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइयो । ।
उक्त भ्रमण वर्षलाई सफल पार्न ११०१ सदस्यीय संयुक्त मूल आयोजक समिति गठन गरिएको छ, जसमा चारवटै नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रशासकीय अधिकृत, नाल्दुम पर्यटन विकास समिति तथा स्थानीय संघ–संस्थाहरुको समावेशी सहभागिता रहेको पनि सम्मेलनमा जानकारी दिइयो ।
उद्घाटन सत्रको कार्यक्रम तीन दिनसम्म चल्ने कार्यक्रममा वैशाख २ गते ‘इन्द्रेणी’ सांस्कृतिक टोली र वैशाख ३ गते गायक प्रकाश सपुतसहितको समूहको प्रस्तुति रहनेछ । कार्यक्रम स्थलमा ५० भन्दा बढी स्टलहरु रहने छ । स्थानीय कृषि उत्पादन, फुड स्टल, झाँकी प्रदर्शनी र चित्रकला प्रदर्शनी राखिनेछ । त्यसै गरी १०० जना कलाकारहरुको समूहले नगरकोटका सम्पदालाई आफ्नो क्यानभासमा उतार्ने कार्यक्रम रहकेो पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
सरकारबाट नगरकोटलाई पर्यटकीय क्षेत्रको रूपमा घोषणा गराउन पहल गर्ने पनि भ्रमण वर्षको प्रमुख लक्ष्यमध्ये एक रहेको छ । भ्रमण वर्षभर कम्तीमा १० लाख आन्तरिक र १ लाख अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । होटल व्यवसायीहरुले वैशाख १, २, ३ मा १५% र पूरै भ्रमण वर्षभर १०% छुट दिने घोषणा गरेका छन् ।
चारवटै पालिकाभित्रका पदमार्ग तथा सडक स्तरोन्नति, होमस्टे विस्तार, सिधा बस सेवा, कला संग्रहालय स्थापनाजस्ता प्रयासहरुबाट नगरकोट भ्रमण वर्ष २०८२ लाई थप प्रभावकारी बनाइने बताइएको छ ।
भ्रमण वर्षको अन्तिममा चैत महिनामा राष्ट्रिय सहकारी दिवसको अवसर पारेर विशेष कार्यक्रम सहित नगरकोटको विविध सांस्कृतिक एवं स्थानीय जीवनशैलीलाई समेटेर स्मारिका प्रकाशन गर्ने तयारीसमेत रहेको जानकारी दिइयो ।