नेपाली टेलिचलचित्र मनको बाँधमा जापानी अभिनेत्री माहो

0



काठमाडौं । विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘अफलाइन लभ’मा अभिनय गरेकी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोको नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा अभिनय देख्न पाउने भएको छ ।

उनले नेपाली टेलिचलचित्रमा काम गर्न थालेकी हुन् । जापानी अभिनेत्री माहोको अफलाइन लभ सिरिज पछिल्लो समय दर्शक माझ निकै लाकप्रिय हुनुका साथै प्रशंसाको विषय बनेको छ । विश्वकै प्रतिष्ठित फेसन प्लेटफर्म पेरिस फेसन विकमा सहभागी रहेकी माहो मोडलिङ क्षेत्रमा समेत उतिकै सक्रिय छिन् । फेसन र डिजिटल दुनियाका ख्यातिप्राप्त उनको अभिनय रहेको मनको बाँध वैशाख ६ गते शनिबार यूट्युब च्यानल फोकस पिक्चर्समार्फत हेर्न सकिनेछ । नेपाली टेलिचलचित्र मनको बाँधको नयाँ अंक शनिबार बेलुकी ७ बजे प्रशारण हुँदैछ । 

‘कोठा भाडामा बस्ने सामान्य परिवारको कथा बस्तुमा तयार गरिएको नेपाली टेलिचलचित्रमा अन्र्तराष्ट्रिय ख्यातिप्राप्त कलाकारको अभिनय जोड्न पाउनु खुसीको विषय हो ।’ निर्देशक प्रदीप खड्गीले बताए । नेपाली रंगमन्चमा विदेशी कलाकारहरुको डेब्यू गराएर टेलिचलचित्रमा पृथक गर्न खोजिएको निर्देशक खड्गीको भनाइ छ । उनले यसअघि नेपाली ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, नेपाली थ्रीलर मुभि अपीच्य, बहुभाषी चलचित्र हिमआँधी लगायतका ठूला पर्दाका चलचित्र निर्देशन गरिसकेका छन् । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top