भक्तपुरमा गायक दीप श्रेष्ठको एकल सांगीतिक साँझ हुने

0



भक्तपुर ।  नेपाली सांगीतिक क्षेत्रका एक कालजयी वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठको एकल प्रस्तुति रहने सांगीतिक साँझ कार्यक्रम भक्तपुरमा आयोजना हुने भएको छ । भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा वैशाख २० गते, शनिवार सल्लाघारी स्थित इम्पेरियल बैंक्वेटमा हुने आयोजकले एक पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी दिएका छन् ।

नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना हुन लागेको यस कार्यक्रम मार्फत वरिष्ठ गायक श्रेष्ठले आफ्ना जीवनका कालजयी र मर्मस्पर्सी गीतहरू प्रत्यक्ष रूपमा पस्कने छन् । कार्यक्रममा श्रेष्ठबाट विभिन्न समयमा गायिएका १२ देखि १५ वटा गीतहरू लाई लाइभ म्युजिक ब्याण्डको साथमा प्रस्तुत गरिने भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्वर्ट ब्रज्राचार्यले जानकारी दिए ।

करिब १००० को उपस्थिति रहने अपेक्षा गरिएको कार्यक्रममा उद्योगी, व्यवसायी, पेशाकर्मी, तथा संगीतप्रेमीहरूको व्यापक सहभागिता रहने उनले जानकारी दिए । कार्यक्रमको टिकट दर रु. १०००।–, १५००।– र २५००।– निर्धारण गरिएको छ ।

यस्तै कार्यक्रमस्थलमा स्थानीय उत्पादन, परिकारका स्टलहरू पनि उपलब्ध हुनेछन् । वरिष्ठ कलाकार दीप श्रेष्ठको एकल साँझले युवादेखि वृद्धसम्मलाई समेट्ने मनोरञ्जन दिने आयोजकको विश्वास रहेको छ ।  यस कार्यक्रमबाट भक्तपुरको सांगीतिक क्षेत्रको व्यावसायिक सम्भावनामा पनि नयाँ उत्साह थपिने अपेक्षासमेत गरिएको छ ।




Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top