मध्यपुर थिमि । परम्परागत माटोको भाँडो बनाउने पेशा लोपोन्मुख अवस्थामा रहेको र यसमा युवाहरुको आकषर्ण कम हुँदै गएको छ । यसरी प्रजापति समुदायको मुख्य पेशाको रुपमा रहेको माटोको भाँडो बनाउने पेशा आधुनिक जीवनशैलीमा अन्य साम्रगीको कारण लोपोन्मुख अवस्थामा रहेको र यस पेशाबाट युवाहरु विस्थापन हुँदै अन्य पेशा तर्फ आकर्षित हुँदै गएको अवस्थामा यो पेशालाई मर्यादित र आथिर्त उपार्जनसँग जोड्न र यसबाट व्यावसायिक रुपमा आत्मनिर्भर बन्ने तर्फ युवाहरुमा आकर्षण. बढाउने उद्देश्यसहित २ महिने सेरामिक्स तालिम मध्यपुर थिमिको सिद्धिकाली मन्दिर परिसरमा रहेको नेपाल सेरामिक्स संघको कार्यालयसमेत रहेको स्थानमा शुरु भएको छ । कार्यक्रमको उद्घाटन बागमति प्रदेश सभाकी सभासद् माननिय धनेस्वरी प्रजापतिबाट पानसमा दिप प्रज्वलन गरी शुरु भएको थियो ।
कार्यक्रममा माननीय प्रजापतिले आफू सोही समुदायको छोरी भएको नाताले नेवाः समुदाय भित्र दैनिक जीवनशैलीसँग प्रत्यक्ष सरोकारको विषय रहेको र नेवाः समुदाय भित्रका प्रजापतिहरुको पेशा मानव जीवनको आधुनिकतासँगै लोप हुँदै गएको कारण यसको संरक्षण र सम्वर्धन आवश्यक भएको र बिश्वव्यापी रुपमा हस्तकलाको रुपमा माटोको भाँडोको मानव जीवनशैलीमा स्वास्थ्यको रुपमासमेत उपयोगी रहेको कारण प्रदेशबाट आवश्यक सहयोग र व्यवस्थापनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
त्यस्तै उद्योग तथा बाणिज्य कार्यालय प्रमुख राम प्रसाद कुस्मा, नेपाल हस्तकला महासँघका बरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, सेरामिक्स सहकारीका अध्यक्ष हरिगोबिन्द प्रजापति र सेरामिक्स सँघका अध्यक्ष श्रीकृष्ण प्रजापतिले तालिम समयको उपयोगको रुपमा मात्र नलिएर यस तालिमले आउने दिनमा आफ्नो जीवनशैली परिवर्तन गर्न र आर्थिक उपार्जनमासमेत तालिमको सदुपयोग गर्न सक्ने गरी सफल व्यवसायी र प्रशिक्षक बन्न सक्ने खुबी प्राप्त गर्न तालिम उपयोगी बन्न सक्ने धारणा व्यक्त गर्दै प्रशिक्षार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।