लोकतन्त्र जोगाउन सबै राजनीतिक दल मिल्नुपर्ने — उपप्रधानमन्त्री सिंह

0


भक्तपुर । नेपाली कांग्रेसका नेता तथा पूर्व भूमिसुधार मन्त्री स्व. जगन्नाथ आचार्यको १०२ औँ जन्मजयन्तीका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै नेता आचार्यकै गृह स्थान कौशलटारमा बैशाख ११ गते बिहीबार एक कार्यक्रमकाृे आयोजना गरी मनाएको छ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गरेको उक्त कार्यक्रममा बोल्दै सङ्घर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन जनआन्दोलनका सबै सक्रिय राजनीतिक दललाई पुनः एउटै मोर्चामा उभिन आग्रह गरेका छन् ।

उनले २०४६ सालको जनआन्दोलनदेखि २०६२÷६३ को दोस्रो जनआन्दोलनसम्म सम्पूर्ण दलहरू जनतासँगै उभिएर ल्याएको परिवर्तन आज जोखिममा परेको बताउँदै, “धेरै त्याग र बलिदानपछि प्राप्त लोकतन्त्र रक्षा गर्नु हाम्रो साझा दायित्व हो,” उनले भने, “अधिकार मात्र मागेर कर्तव्य भुल्ने हो भने उपलब्धि पछाडि धकेलिन सक्छ ।”

उनले पछिल्ला समयमा युवाहरू “लहैलहै” मा लागेर अधिकारमाथि बेवास्ता गर्न थालेको उल्लेख गर्दै सचेत रहन आग्रह गरे । कार्यक्रममा पूर्व मन्त्री ढुण्डीराज शास्त्री तथा नेपाली काँग्रेस भक्तपुरका पूर्व जिल्ला सभापति तिलकप्रकाश कायस्थलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा भक्तपुर बहसमुखी क्याम्पसबाट स्नातक तहमा उत्कष्ट नतिजा हासिल गर्ने छात्रालाईसमेत प्रमाण पत्र र नगद रु. २५०००।– बाट सम्मान गरिएको थियो ।

जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष बिनोद आचायको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाल तरुण दलका पूर्व अध्यक्ष बिनोद कायस्थलगायत वक्ताहरूले स्व. आचार्यले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गर्दै लोकतन्त्र सुदृढ पार्न निरन्तर एकता आवश्यक भएको धारणा राखे ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top