भक्तपुर । “स्वदेशी बस्तुको प्रयोग गरौ, नेपाली उद्योगलाई प्रोत्साहन गरौं” भन्ने नारालाई सार्थक बनाउन र सानोम ब्राण्डका सामानहरू एकैस्थानबाट प्राप्त गर्ने सकोस् भन्ने हेतुले भक्तपुरको मध्यपुर थिमिस्थित राद्ये राद्ये नजिकै प्रजापति कम्प्लेक्समा सोनाम गेयर्स प्रा.लि. सञ्चालनमा आएको छ ।
आईएसओ प्रमाणपत्र प्राप्त सोनाम ब्राण्डले स्वदेशी गुणस्तरीय सामानको उत्पादन गर्दै वजार प्रवर्धन गरिरहेको छ । प्रा.लि.ले बैशाख २९ गतेबाट सञ्चालनमा आएको उक्त पसलमा समयसापेक्ष गुणस्तरीय लुगाहरु, ज्याकेट, ट्रेकिङ जुत्ता, ब्याग, पञ्जालगायतका सामानहरू राखिएको छ ।
पसलको उद्घाटन मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले गरेको कार्यक्रममा उनले वर्तमानमा गुणस्तरिय तथा ब्राण्डेट सामानहरूको बजारीकरणमा सोनाम ब्राण्ड पनि एक भएको बताउँदै ब्राण्डेड सामान खरिद गर्नेहरूको लागि यो पसल रोजाईमा पर्ने बिश्वास व्यक्त गरे ।
बिदेशी वस्तुहरूसंग प्रतिस्पर्धा गर्दै आईरहेको सोनाम ब्राण्डका उत्पादनले बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको भन्दै सोनाम गेयर्स प्रालि थिमिका प्रमुख राजेन्द्रबिक्रम प्रजापतिले हाल सोनाम कम्पनीले मुलुकभरी विभिन्न २८ स्थानहरूमा ५ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिए ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
