करिब दुई वर्षदेखि अष्ट्रेलियाको मेलबनमा आइटी सम्बन्धि काम गर्दै आएका सापकोटा लगायतले ‘भेट्छ एप’ निर्माण गरी नेपालबाट त्यहाँ गएका नागरिकहरुलाई आवश्यक पर्ने बसाई, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अत्यावश्यक विषयमा उक्त सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने गरेको जानकारी दिए ।
उनले विदेशमा गएका नेपाली युवा युवतीहरुलाई कुलतबाट छुटाउनेदेखि सामाजिक क्षेत्रमा कामगर्ने नेपाली युवाहरुलाई सहयोग गर्नकालागि उक्त उक्त एपले महत्वपूर्ण काम गर्ने गरेको । उक्त एपमा कहाँ के छ बुझन अनि फेसबुकमा जस्तै समस्याहरु समाधानका लागि पोष्ट गर्न मिल्ने किसिमले तयार गरेको बताएको छ ।
अष्ट्रेलिया सरकारद्धारा मान्यता प्राप्त एप भएकाले यसबाट कसैले पनि दुःख नपाउने सापकोटाको दाबी छ । उनका अनुसार हाल उक्त एपमा चार हजार प्रयोग कर्ता रहेका छन् । मेलबनमा १९ मार्च २०२५ मा पूर्वउपसभामुख एवं नेपालका लागि अष्ट्रेलियाका राजदुत चित्रलेखा यादव तथा शेष घलेले उक्त एपको उद्घाटन गरेको थियो ।
उक्त एपमार्फत कोठा खोज्ने, यात्रा गर्ने, सवारी चालक लाइसेन्स लिने लगायत थुप्रै कामबारे जानकारी लिन र दिन सकिने भएकाले अष्ट्रेलिया गएर अप्ठेरोमा परेका नेपाली नागरिकले उक्त एपमार्फत आफुलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी मोबाइलबाटै लिन सकिने सापकोटाले बताए ।
उनले दैनिक जीवनमा आवश्यक सबै सूचना एकै ठाउँमा भेट्न सकिने गरी एउटा एप बनाउने निर्णय अनुसार अष्ट्रेलियामै पढेर नेपालमा आइटी क्षेत्रमा काम गरिरहेका निराजन कँडेल र अमेरिकामा रहेका आशिष पङ्गेनीसँगको सहकार्यमा आफूहरुले यो एप बनाएका बताए । उनले सो एप तीन महिनाअघि ‘भेट्छ एप’ निर्माण गरी प्रयोगमा ल्याएको र अहिले सबैलाई सहज भएको जानकारी दिए ।
आफुहरु अष्ट्रेलियामा गएको समयमा त्यहाँको बारेमा जानकारी नपाउँदा समस्यामा परेपछि उनीहरुले उक्त एप बनाउन पहल गरेको बताइएको छ । नवीनले यसको मार्केटिङसँगै अस्ट्रेलियामा हुने कामको सबै पक्ष हेर्ने गरेको छ । अमेरिकामा रहेका आशिष कम्प्युटर इञ्जिनियर र नेपालमा रहेका निराजन आइटी इञ्जिनियर गरी तीनै जनाले जिम्मेवारी बाँडफाँट गरेको छ ।
हाल भेट्छ एप अमेरिकामा र अस्ट्रेलियामा सुरू भएको छ । चाँडै क्यानडा, बेलायत र न्युजिल्यान्ड पु¥याउने गरी काम भइरहेको सञ्चालकहरुको भनाई छ । आगामी दुई वर्षभित्र नेपालीहरूको सङ्ख्या धेरै रहेका अधिकांश देशमा विस्तार गर्ने उनीहरूको लक्ष्य रहेको छ ।
यो एपलाई हरेक नेपालीले आफूलाई आवश्यक र आफ्नो जिज्ञासाको सूचनाको स्रोत बनाउन् भन्ने आफ्नोे लक्ष्य रहेको बताउँदै ‘भेट्छ एप’ मा नेपालीलाई चाहिने सबै महत्त्वपूर्ण सूचनाहरू राखिएको र अस्ट्रेलियामा हुने सबै खालका गतिविधिको जानकारी पनि राखिएको बताए ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
