गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धनका लागि पुस्तान्तरण नेपाल र इन्क्रेडिबल माउन्टेनबीच समझदारीपत्रमा हस्ताक्षर

0


काठमाडौं ज्येष्ठ नागरिकहरूको सहयोगको लागि एक महत्वपूर्ण कदम स्वरूप, पुस्तान्तरण नेपाल इन्क्रेडिबल माउन्टेन ले आज सम्मानजनक वृद्धावस्थाको प्रवद्र्धन गर्ने पहलमा सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्

 इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक श्री उमेश सुवेदी पुस्तान्तरण नेपालका कार्यालय प्रबन्धक श्री त्रिलोचन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।

 यस सम्झौता अनुसार, इन्क्रेडिबल माउन्टेन प्राइभेट लिमिटेडले आफ्ना कुल नाफाको प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस्तान्तरण नेपालको स्वास्थ्य, समावेशीकरण, क्षमता विकास तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरूमा सहयोग गर्नेछ। साथै, दुवै संस्थाले ज्येष्ठ नागरिकहरूका लागि विशेष भ्रमण प्याकेजहरू गरिमामय बृद्ध अवस्थाप्रवर्द्धनका लागि फन्डरेजिङ ट्रेकसमेत संयुक्त रूपमा आयोजना गर्नेछन्।

 यस साझेदारीले संयुक्त जनचेतना अभिवृद्धि कार्यक्रम, क्षमता विकासका गतिविधि ज्येष्ठ नागरिकहरूको जीवनस्तर सुधारका लागि आवश्यक संरचनात्मक सहयोगलाई पनि समेट्नेछ

 पुस्तान्तरण नेपालले नेपालमा सम्मानजनक वृद्धावस्था सुनिश्चित गर्न तथा ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य मनोसामाजिक सेवासहित विभिन्न सहयोग प्रदान गर्दै आएको यस्तो सहकार्यबाट पुस्तान्तरण नेपालले झन बढी आवश्यकतामा रहेका समुदायहरूलाई सेवा दिन सक्षम हुने विश्वास गरिएको

 पुस्तान्तरण  नेपालले ज्येष्ठ नागरिकहरूलाई चिकित्सा, मनोसामाजिक, मनोरञ्जन तथा डे केयर सेवा प्रदान गर्दै आएको प्रभावकारी सेवा प्रदान गर्नका लागि ज्येष्ठ नागरिक भिलेज सञ्चालन गर्ने योजना बनाउँदैछ।

 नेपाल बिस्तारै बृद्ध जनसंख्यातर्फ उन्मुख हुँदै गएको अधिकांश युवा रोजगारी तथा अवसरको खोजीमा विदेशिने क्रम बढ्दो छ। यस्तो सन्दर्भमा, गरिमामय बृद्ध अवस्थाको प्रवर्द्धन ज्येष्ठ नागरिकहरूका लागि सहयोग प्रणाली विकास गर्नेजस्ता प्रयासहरू अत्यन्तै सान्दर्भिक भएका छन्। ग्लोबल नेटवर्क अफ ओल्डर पिपल्सको सदस्य संस्था पुस्तान्तरण नेपालले नेपालका ज्येष्ठ नागरिकहरूको सहयोगका लागि नयाँ प्रविधि सीपहरू भित्र्याउने प्रयास गरिरहेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top