काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच प्रिज्मा डी. सिने अवार्ड १६औं संस्करणमा अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको हो ।
समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी र अन्य अतिथिहरूले उनलाई विगत दुई दशकदेखि नेपाली चलचित्र क्षेत्रमा पत्रकारितामार्फत पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।
मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहेकी अधिकारीका एक दर्जन जति गीत श्रोता÷दर्शकमाझ आएका छन् भने ‘मैले पढेका ५२ पुस्तक’ र ‘मेरा कलम डोबहरू’ जस्ता कृति पाठकमाझ आएका छन् । मिलाप मासिक र अनलाइनकी कार्यकारीसमेत रहेकी अधिकारीका राजधानी र मोफसलका दैनिक पत्रपत्रिकाहरूमा समसामायिक विषय, महिला हिंसाका साथै विभिन्न साहित्यिक लेख रचनाहरू प्रकाशित भइरहेका हुन्छन् ।
पत्रकारिताका अलावा विभिन्न विज्ञापन, तथा चलचित्रका पर्दामा पनि देखिने गीत साहित्य लेखन, रङ्गकर्म एवम् सामाजिक कार्यमा आफूलाई संलग्न गराउँदै आएको छ ।
प्रिज्मा डी. सिने अवार्ड समारोहमा कला क्षेत्रका अन्य विशिष्ठ व्यक्तित्वहरूलाई यस क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान एवं पुरस्कार अर्पण गरिएको थियो । यस्तै चलचित्रका विभिन्न २१ विधाका स्रष्टा सर्जकलाई अवार्ड प्रदान गरिएको थियो । समारोहमा विशिष्ठ कलाकार, समाजसेवी, सञ्चारकर्मीलगायत व्यक्तित्वको उपस्थिति थियो ।