प्रतिवेदन अनुसार मध्यपुर थिमि नगरपालिकाको बेरुजु रकम ३ करोड ८० लाख १८ हजार रुपैयाँ मात्र रहेको छ । भक्तपुर जिल्लाका अन्य तीन पालिकाको तुलनामा यो सबैभन्दा कम रकम हो । तर समग्रमा प्रतिशतको हिसाबले चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकाको लेखा परिक्षण रकम क्रमशः ३७ करोड २८ लाख ७४ हजार ८ सय र २७ करोड ४२ लाख ०५ हजार ७ सय रहेकोमा बेरुज रकम ५ करोड २१ लख ९७ हजार र ३ करोड ८० लाख १८ हजार रहेको छ । यो भनेको १.३९ प्रतिशन हो । रकमको हिसाबले जिल्लामा सबैभन्दा धेरै बेरुजु चाँगुनारायण नगरपालिकामा देखिएको छ ।
त्यस्तै सूर्यविनायक नगरपालिकाको लेखा परिक्षण रकम ३४ करोड ७ लाख ८४ हजार रहेको मा बेरुज रकम ५ करोड ३ लाख ७८ हजार छ भने भक्तपुर नगरपालिकाको लेखा परिक्षण रकम ३७ करोड २८ लाख ७४ हजार ८ सय छ भने ४ करोड ४३ लाख ५६ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख छ । यसमा रकमको हिसाबले दोस्रो बढी बेरुज देखिएको सूर्यविनायकको प्रतिशतमा सबैभन्दा बढी अर्थाट् १ं.४८ प्रतिशत रहेको छ भने भक्तपुर नगरपालिकाको रकममा तेस्रो देखिए पनि समग्रमा प्रतिशतको हिसाबले सबभन्दा कम १.१९ प्रतिशत मात्र देखिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा वित्तीय अनुशासन कायम राख्न कति आवश्यक छ भन्ने देखाएको छ । कम बेरुजुले आर्थिक सुशासनप्रति नगरपालिका कति गम्भीर रहेको छ भन्ने संकेत गर्छ । माथिको तथ्याकले कुन पालिकाको आर्थिक सुशासन कस्तो छ भन्ने देखाउँछ ।