भक्तपुर । नेकपा(माओवादी केन्द्र) को भातृ संगठनको रुपमा रहेको योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल, नेपाल) का तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
शनिबार मध्यपुर थिमिको थिमि व्यांक्वेटमा भएको वाइसीएलको भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखालेले वाइसीएलले हरेक ठाँउमा जिम्मेवारी पाउनुपर्ने प्रष्ट पार्दै अब वाइसीएल गेटपाले होइन, संंसद भित्र सांसद भएर पस्ने ल्याकत राख्ने उद्घोष गरे ।
देश बनाउने जिम्मा युवाको काँधमा आएको उल्लेख गर्दै उनले पार्टी भित्र युवाको उचित जिम्मेवारी हुनुपर्नेमा जोड दिए । युवालाई कार्यकर्ता होइन, नेताको रुपमा बिकास गर्न नसके अझै यथास्थितिमै बस्नुपर्ने उनले चिन्ता व्यक्त गरे । “राजनीतिमा मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक लगायत हरेक क्षेत्रको नेतृत्व युवाले गर्नुगर्छ ।” उनले भने, “त्यसमा पनि क्रान्तिकारी बिचारयुक्त वाइसीएलले त्यसको नेतृत्व लिनुपर्छ ।”
सो अवसरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकालले वर्तमान सरकारले निराशा बाढ्दा परिवर्तन संस्थागत गर्न चुनौती खडा भएको बताउँदै वाइसीएलले परिवर्तन बिरोधी पक्षलाई हरेक क्षेत्रमा निस्तेज पार्न तथ्यका आधारमा विपक्षीको वर्तमानमा लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाको विरुद्ध फेलाइएको भ्रम निस्तेज गर्न निर्देशन दिए ।
देशमै रोजगारी सृजना गरी विदेश पलायन भएका युवाहरुलाई स्वदेश फर्काउन नसकेसम्म देशमा समाजवाद नआउने उल्लेख गर्दै उनले त्यसका लागि वाइसीएलले दबाब बढाउनुपर्ने धारणा व्यक्त गरे ब ।
वाइसीएल जिल्ला अध्यक्ष सरराज उप्रेतीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु देवेन्द्र श्रेष्ठ, प्रतिमा श्रेष्ठ, श्रीराम खाइजु त्यसैगरी प्रदेश सदस्य युवराज आचार्य, प्रेम लामा, जिल्ला संयोजक सुनिल गोठे बासु, सचिव जीवन तज लगायतले वर्तमान समयमा वाइसिएलको जिम्मेवारी अझै बढेको र समाज परिवर्तनमा युवाहरु भूमिका अपरिहार्य रहेको बताउँदै अब आउने नेतृत्व समाज हाँक्न सक्ने र नेतृत्व लिन सक्ने युवा उत्पादनमा भूमिका खेल्न सक्ने गरी चयन हुने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै, वाइसीएलका केन्द्रीय सचिव डिपी थपलिया, कोषाध्यक्ष सन्तोष पनेरु सदस्यहरु राजु कुटु, बेदप्रसाद खरेल, अर्चना खड्का, नरेश वाइवा, बागमती प्रदेश अध्यक्ष साजन अधिकारी लगायतले पनि शुभकामना व्यक्त गरेको वाइसीएल जिल्ला इन्चार्ज नरेश रन्जितले जनाएका छन् ।
बन्द सत्रले निर्वाचनको लागि अधिवक्ता रामसुन्दर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय अध्यक्ष मण्डल बनाएको थियो । बन्द सत्रले सुरेन्द्र सुवालको अध्यक्षतामा ७१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको संयोजक श्रेष्ठ जानकारी दिए ।
त्यस्तै जिल्ला कार्यसमितिको उपाध्यक्षमा क्रमशः बिराज था श्रेष्ठ, राज वाङ्गयो, कृति श्रेष्ठ निर्वाचित भएका छन् भने सचिवमा दिपेश लामिछाने, सहसचिवमा सुसन श्रेष्ठ र कोषाध्यक्षमा समृद्ध तन्डुकार निर्वाचित भएका निवर्तमान अध्यक्ष सरराज उप्रेतीले जानकारी दिए ।
बन्द सत्रमा वाइसीएलको सस्थापक महासचिव एवं माओवादी केन्द्रका भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भीष्मले प्रशिक्षणात्मक मन्तब्य राख्दै ओली सरकार जनविरोधी भएको र यसको बिरोध गर्नु सबै सचेत नागरिक र विशेषगरि वाइसीएलको दायित्व भएको बताए ।
उनले वाइसीएल परिवर्तनको रक्षक र सकारात्मकताको पर्याय भएर समाजमा प्रस्तुत हुनुपर्ने स्पष्ट पारेका कायृक्रममा सहभागीले जानकारी दिए ।







%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
