नव आगन्तुक विद्यार्थीहरूलाई खादा टिका र मायाको चिनो प्रदान गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले आआफ्नो प्रतिभा र क्षमतासमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा नव आगन्तुक विद्यार्थीहरूले बलियो शैक्षिक इतिहास बनाइसकेको यस विद्यालयमा अध्ययन गर्ने अवसर पाएकोमा आफूहरू भाग्यशाली र गौरवान्वित भएको कुरा व्यक्त गरेका थिए । साथै यहाँको शिक्षण विधि र पद्धति, पढाइको वातावरण र अनुभवी शिक्षक शिक्षिकाहरूको अध्यापनबाट आफूहरू प्रभावित भएको कुरा व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल प्रजापतिले विनायकलाई विश्वास गरी आएका सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत गर्दै प्रगतिशील सोचका साथ रूपान्तरित एवं गुणस्तरीय शिक्षाका लागि विद्यालय सदैव प्रतिबद्ध रहेको बताए ।