आइबुप्रोफेनको अत्यधिक प्रयोगको साइड इफेक्ट
एजेन्सी । प्राय जसो मानिसहरू आपतकालीन अवस्थामा रुघाखोकी, ज्वरो र दुखाइको औषधि आफूसँगै राख्छन् । जब मानिसहरूलाई यी औषधिहरूको आवश्यकता पर्दछ, तब प्रयोग गर्न सहज हुन्छ । आजको अधुनिक जीवनशैलीमा धेरै मानिसहरू जसले सानो समस्याको लागि पनि धेरै औषधिको सेवन गर्ने गर्दछन् । त्यस्तै एउटा औषधिको नाम इबुप्रोफेन हो, जुन दुखाइबाट राहत पाउनको लागि लिइन्छ । विश्वमा लाखौं मानिसहरूले यो औषधि अत्यधिक रुपमा प्रयोग गर्छन् भन्ने कुरा थाहा पाउँदा तपाईंलाई अचम्म लाग्नेछ । एक अमेरिकी डाक्टरले सामाजिक सञ्जाल मार्फत मानिसहरूलाई आइबुप्रोफेनको अत्यधिक प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले हरेक दिन आइबुप्रोफेन सेवन गर्दा कसरी गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने विषयमा चेतावनीमूलक बिश्लेषण गरेका छन् ।
ीटओआइ को एक रिपोर्ट अनुसार, अमेरिकाको सान फ्रान्सिस्कोमा ग्यास्ट्रोएन्टेरोलोजिस्टको रूपमा प्राक्टिस गर्ने डा. सौरभ सेठीले आइबुप्रोफेन एक सामान्य दुखाइ निवारक औषधी भएको जसले टाउको दुख्ने, जोर्नी दुख्ने, पेट दुख्ने, ज्वरो र सुन्निने जस्ता समस्याहरूबाट राहत प्रदान गर्न मानिसहरु यसको सेवन गर्ने गर्दछ । यो औषधि सामान्यतया सुरक्षित मानिन्छ, तर यसको अत्यधिक प्रयोग स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । दैनिक आइबुप्रोफेन सेवन गर्दा आन्द्राको सूजन र पेटमा अल्सर हुने खतरा अत्याधिक हुन सक्छ । आइबुप्रोफेन जस्ता गैर–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी ड्रग्स (ल्क्ब्क्ष्म्क) ले आन्द्रामा रगत प्रवाह कम गर्छ, जसले आन्द्राको अस्तरलाई क्षति पु¥याउन सक्छ ।
हार्वर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका डा. सेठीले एन्डोस्कोपीको क्रममा धेरै पटक अन्य कुनै स्वास्थ्य समस्या नभएका युवाहरू आइबुप्रोफेनको अत्यधिक सेवनका कारण पेटमा गम्भीर सूजन र अल्सरबाट पीडित हुने गरेको देखेको बताए । नियमित रूपमा आइबुप्रोफेन सेवन गर्ने लगभग ७५ प्रतिशत मानिसहरूलाई पेटमा सूजन हुन्छ र लगभग २५ प्रतिशतलाई अल्सर जस्ता गम्भीर समस्याहरू देखा पर्छन् । आइबुप्रोफेन लिनु अघि, मानिसहरूले यसको सम्भावित साइड इफेक्टहरू बारे सचेत हुन उनले आग्रह गरेका छन् । यदि तपाईं दैनिक आइबुप्रोफेन लिनुहुन्छ भने, तपाईंले आफ्नो डाक्टरसँग वैकल्पिक औषधिहरूबारे छलफल गर्नुपर्छ ।
डाक्टरहरुले आइबुप्रोफेन जस्ता औषधिहरू सधैं खानासँग मात्र खानु पर्ने सुझाव दिएका छन्, ताकि पेटमा दबाब कम होस् र आन्द्राहरू क्षतिग्रस्त नहोस् । आइबुप्रोफेनको अत्यधिक प्रयोगले मानिसहरूलाई टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, ग्यास लाग्ने र पाचन समस्या हुने समस्या हुन सक्छ । यो औषधि लामो समयसम्म धेरै मात्रामा सेवन गर्दा गम्भीर एलर्जी र पिसाबमा रगत आउने जस्ता समस्याहरू हुन सक्छन् । यसबाहेक, मिर्गौला समस्याको जोखिम पनि हुन्छ । आइबुप्रोफेन लिँदा, मानिसहरूले आफ्नो डाक्टरसँग अनिवार्य रुपमा परामर्श लिएर मात्र सेवन र्गु र यसको साइड इफेक्टको बारेमा पूर्ण जानकारी लिनु अति आवश्यक छ ।