शुद्ध खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्ने–मन्त्री यादव

0



सिन्धुली । आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै नभई, अब व्यवहारिक हक बन्ने खानेपानीमन्त्री प्रदीप यादवले बताएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न “नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना” उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको उच्च प्राथमिकतामा रहेको ‘स्वच्छ पानी, स्वस्थ जीवन’ अभियान अन्तर्गत देशभरिका दुर्गम गाउँदेखि शहरसम्म खानेपानी सेवा सर्वसुलभ गराउने दीर्घकालीन नीति रहेको बताए ।

मन्त्री यादवले शुद्ध, सुरक्षित खानेपानी एक सेवा नभई यो नागरिकको अधिकार भएको तथा मानव जीवनको मूलभूत आवश्यकता पनि भएको जिकिर गरे । “आज यहाँ सुरु गरिएको यो योजना हाम्रो प्रतिबद्धताको प्रत्यक्ष उदाहरण हो । म विश्वस्त छु । यहाँका प्रत्येक दाजुभाइ दिदीबहिनीहरूले यसको प्रत्यक्ष लाभ उठाउनेछन्,” मन्त्री यादवले भने ।

सरकार विकासको प्रत्येक पाइलामा नागरिकको अपेक्षालाई सर्वोपरि राखेर अघि बढिरहेको तथा संघीय सरकार, स्थानीय निकाय र जनताको सक्रिय सहकार्यको उदाहरण स्वरुप सिन्धुलीको सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडा खानेपानी योजना सफल बन्न पुगेको मन्त्री यादव भनाइ थियो । उनले यो आयोजना सरकारको ‘घर–घरमा सुरक्षित पानी’ पहुँचको रणनीति भएको र जसले समग्र जनस्वास्थ्य र स्थानीय समृद्धिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

आयोजनाको निर्माण कार्यका लागि बि.सं. २०७९ साल असार ९ गते गरिएको सम्झौता तथा प्रारम्भिक योजना अनुसार, आयोजनाको कार्य २०८१ असार ८ गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । उनले कार्य प्रगति र आवश्यक परिमार्जन पछि अन्तिम लागत रु ३७ करोड ९४ लाख ९० हजार ५२४ पुगेको र यस आयोजनाले यहाँका नागरिकलाई स्वच्छता, स्वास्थ्य र समृद्धिका क्षेत्रमा सकारात्मक प्रभाव पु¥याउने विश्वास लिइएको बताए ।

सुनकोशी गाउँपालिकाको नाङ्गेडाँडा आयोजना अन्तर्गत कुल दुई हजार ५३५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै प्रत्येक परिवारमा शुद्ध र सुरक्षित खानेपानी पुग्ने लक्ष्य लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख इञ्जिनियर हेराकाजी मर्हजनले जानकारी दिए । उक्त कार्यक्रममा सिन्धुली–२ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य लेखनाथ दहाल (राजन), सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहोरा दाहाल, उपाध्यक्ष कपिलकुमार कोइरालाले नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजनाले यहाँका नागरिकको खानेपानीको समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका थिए ।


खानेपानी मन्त्रालयका सचिव ई प्रमिला देवी शाक्य बज्रचार्यले आगामी दिनहरूमा पनि यहाँका नागरिकलाई अझ आधुनिक पहुँचयुक्त र जनमैत्री खानेपानी सेवा पु¥याउने सरकारको अटल सङ्कल्प रहेको बताए । कार्यक्रममा सुनकोशी गाउँपालिका–५ का वडाअध्यक्ष सुरतकुमार वस्याल, सुनकोशी–६ का वडाअध्यक्ष महेन्द्रबहादुर थापालगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानीयवासीको सहभागिता रहेको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top