मध्यपुर थिमि । “रेडक्रस अभियानमा लागौँ, विपत्तिमा परेका मानवलाई सहयोग गरौं ।” भन्ने नाराका साथ मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी, जुनियर रेडक्रस सर्कल गठन विधिअनुसार रेडक्रसमा “म सेवा गर्छु” भावनालाई आत्मसात गर्दै विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुलले जेठ १३ गते मंगलबार कक्षा ९ मा अध्ययनरत प्रिन्सि प्रजापतिको अध्यक्षतामा ११ सदस्यीय नयाँकार्यसमिति शैक्षिक सत्र २०८२ चयन गरेको छ ।
विनायक जुनियर रेडक्रस सर्कलका शिक्षक नायक रामचन्द्र प्रजापतिको संयोजकत्वमा भएको उक्त कार्यक्रममा करिब ५० जना विद्यार्थीहरूको सहभागी रहेको थियो । शैक्षिक सत्र २०८२ का लागि चयन भएका नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बधाई तथा कार्यकाल सफलताको शुभकामना पनि प्रदान गरे । विद्यालय नर्स विमया तामाङको सहभागिता रहेको कार्यक्रम सहशिक्षक नायक सरु श्रेष्ठले सहजिकरण गरेको थियो ।