नेकपा माओवादी केन्द्रको मध्यपुर थिमि नगरसमितिको अध्यक्षमा पुनः उपमेयर बिजयको अध्यक्षतामा ५५ सदस्यीय नयॉ कार्यसमिति चयन

0


भक्तपुर । नेकपा (माओवादी केन्द्र) मध्यपुर थिमिको दोश्रो नगर सम्मेलनबाट ५५ सदस्यीय नगर समिति निर्वाचित भएको छ । सम्मेलनबाट यस अघि नगर अध्यक्ष रहेका विजयकृष्ण श्रेष्ठ निविरोध निर्र्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाको नगर उपप्रमुख पनि हुन् । पार्टीको नगर अध्यक्षमा उनको यो दोश्रो कार्यकाल हो । बिहीबार बिहान थिमि बैंक्वेटमा सम्पन्न दोश्रो सम्मेलनको बन्द सत्रबाट बिजयकृष्णको नेतृत्वमा सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको संविधान सभा सदस्यसमेत रहेका निर्वाचन समितिका संयोजक सत्यलाल मूलले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा बिकेश श्रेष्ठ, जगतमाया प्रजापति र नरेश रन्जित निर्वाचित भएका छन् । त्यस्तै सचिवमा अधिवक्ता शिव सुन्दर श्रेष्ठ, सहसचिवमा कृष्णमान प्रजापति र कोषाध्यक्षमा रत्न केशरी प्रजापति निर्वाचित भएकी छन् ।

निर्विरोध निर्वाचित ५५ सदस्यीय कार्यसमितिलाई नगर इन्चार्ज एवं माओवादी केन्द्रकी केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले सपथग्रहण गराएकी थिइन् । अध्यक्ष मण्डलका अध्यक्ष एवं माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शिवहरी खनालको अध्यक्षतामा बन्द सत्र सम्पन्न भएको थियो ।

सम्मेलनको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापतिले गरेको थियो । उद्घाटन सत्रलाई सम्बोधन गदैृ उनले प्रत्येक वडामा जनउभार आएको उल्लेख गर्दै आउने स्थानीय तहको निर्वाचनमा जित्ने गरि अघि बढ्नुपर्नेमा जोड दिए । 

त्यस्तै अर्का केन्द्रीय सदस्य एवं बागमती प्रदेश स्कूलिङ बिभाग सह इन्चार्ज डीपी ढकालले पार्टी संसदीय अभ्यासमा रहेकोले चुनाव जित्नु नै मुख्यकुरा भएको भन्दै जनताको सेवागर्ने शासन सत्ता स्थापनाको लागि माओवादी केन्द्र चुनाव केन्द्रीत हुनुको बिकल्प नभएको बताए । बागमती प्रदेश सभा सदस्य समेत रहेका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठले जनप्रतिनिधि र जनतालाई जोड्ने काम नेताकार्यकर्ताले गर्नुपर्ने धारणा व्यक्त गरे ।

वाइसीएल इन्चार्ज समेत रहेका अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले अरु दिन माओवादी चाहिने र भोट हाल्ने दिन चाहिँ बिर्सने जनतालाई कसरी पार्टी प्रति प्रतिवद्ध बनाउने भन्ने जिम्मेवारी स्थानीय नेताकार्यकर्ताको काधमा रहेको बताउँदै आगामी दिनमा सोही अनुरुप जनता माझ आफूलाई प्रस्तुत गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला संयोजक सुनिल बासुले मध्यपुर थिमि नगरपालिकामा पार्टीको नगर अध्यक्ष नै उपप्रमुख रहेकाले पार्टी र जनताले मध्यपुरलाई नियालिरहेको उल्लेख गर्दै उदाहरणीय र जनप्रिय काम गर्नपर्नेमा जोड दिए । सो अवसरमा केन्द्रीय सदस्य एवं तत्कालीन संविधान सभा सदस्य उमा कपाली, प्रदेश सभा सदस्यसमेत रहेकी पार्टीको प्रदेश सचिवालय सदस्य भुवनकेशरी श्रेष्ठ, प्रदेश समिति सदस्य बालकृष्ण दुगुलगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) को अघिल्लो दिन अर्थात बेशाख २४ गते भएको तेस्रो भक्तपुर नगर सम्मेलनले अध्यक्षमा राकेश सुवाललाई दोहो¥याएको छ । सो नगर सम्मेलनबट ३९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा तत्कालीन अन्तरिम संसदमा सांसद समेत रहेकी नारायण देवी श्रेष्ठ निर्वाचित भएकी छन् भने अन्य उपाध्यक्षहरुमा नारायण सुन्दर त्वयना र बिकास लाखे निर्वाचित भएको जनाएका छ ।

त्यस्तै सचिवमा बिक्रम ह्यङ्गो र सहसचिवमा श्रीकृष्ण कुम्पाख निश्चल निर्वाचित भएका छन् । पदाधिकारीमा अध्यक्ष सुवालसंगै उपाध्यक्ष त्वयना र सचिव ह्यङ्गो दोहोरिएका छन् ।

सबै पदमा सर्वसम्मत भएको र कोषाध्यक्ष पद भने नयाँ कार्यसमितिको पहिलो बैठकले टुंगो लगाउने माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं भक्तपुर नगर इन्चार्ज उमा कपालीले बताएकी छन् । तत्कालीन संविधान सभा सदस्य समेत रहेकी नगर इन्चार्ज कपालीले नयाँ कार्यसमितिलाई सपथ ग्रहण समेत गराएकी छन् ।

यस अघि नेकपा माओवादी केन्द्रले भक्तपुर जिल्लाका मभ्यपुर थिमि नगरपालिका र भक्तपुर नगरपालिकाका सबै वडाहरुमा वडा सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिसकेको जवनाएको छ । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top