-सचिन्द्र श्रेष्ठ
केहि महिना अगाडि हाम्रै पश्चिम बागलुङ्गे प्रकाश सपुत सामाजिक सञ्जालको यस्तो 'बायकट'मा परे जसले उनलाई 'बसन्त'को बहार हुनै दिएन।त्यों घटना राम्रो सँग सेलाउन नपाउदै फेरी अभिनेत्री सुरक्षा पन्त त्यही गणतन्त्र र राजाबादीको दोसाँधमा नराम्रररी फसिंन। तब गालीगलौज, निस्कृष्ट व्यवहार,बहिस्कार सम्मका हर्कत प्रस्तुत भए।उनकै चलचित्र 'आमा’मा कपाल काटेको दृष्यलाई धेरैले रुचाए र अभिनयको खुलेर तारीफ गरेको अहिले भूले।
मनिषा कोईरालालाई गाली गर्ने कांग्रेसी पनि त हाम्रै त्यही समाज हो जहाँ मनीषा कोइरालाको 'हिरामण्डी'हिन्दी सीरीजलाई भने रोक्न सकेन। सायद ऊनि राजाबादी समर्थिन थिइन होला! आजकल सामाजिक सञ्जाल यति सम्म हाबी भयोकी कुनै कलाकारले निर्धक्क वाक् स्वतन्त्र समेत ब्यक्त गर्ने नसक्ने भए।हात हातमा मोबाइल र इन्टरनेटको पहुँचले दिने भनेकै यही हो।
कुनै टि.भी .च्यानल होस् या यूट्यूबमा अब कलाकारहरु बोल्न अत्यन्त सतर्क हुनु पर्ने दिन आए भनेर भन्दा फरक नपर्ला। अन्तरवार्ता होस् या रियालिटी शो मा जाने पाहुनालाई यस्तै 'कन्ट्रोवर्सी' प्रश्न तेरसाँउने अनि बोल्न बाध्य पर्ने कयौ भेटिएका छन।
उही 'बसन्त' फेम नायिका स्वस्तिमा खडका समेत 'इट्स माई शो'मा फस्न पुगिन ।त्यति मात्र नभई अहिले उही सुरक्षा समेत 'द प्रकास सुबेदी शो'को हिस्सा बन्न पुगेको उदाहरण छ। उही टक शोमा बोलाएर यस्तै प्रश्न गर्नुले स्वयं प्रकाश समेत बेला बखत बिबादमा तानि सकेका छन र उक्त शोको 'टीआर पी ' त बढ़ला तर साख बढ़न कदापि सक्दैन।अनावश्यक बिबाद र कुतर्क गरेर कलाकार माथि गाली बर्षाउने कुनै तुक देखिन्न ।
कलाकार सपुत हुन या मह जोड़ी या स्वस्तिमा या सुरक्षा यिनीहरुको बिगत चलचित्र,अभिनयले आफूलाई अब्बल बनाई सकेको पुष्टी हुन्छ।अभिनेत्री सुरक्षा पन्त एस्ति हुन जो फ़्रान्सको पेरिसमा भएको ‘कान्स फिल्म फेस्टिभल २०२२’मा सहभागी जनाई सकेकी छिन।तर कही कतै बोलेको भरमा,असहमति जनाउदैमा वा सामाजिक सञ्जालमा अभिब्यक्ति लेखेकै भरमा उनीहरुका सिर्जनालाई लात मार्नु स्वीकार्य पक्कै नहोला।
हाम्रो सानो सिने नगरीमा यस्ता खालका वाहीयातमा समय खेर फालेर इन्डस्ट्रीलाई नै धरायसि बनाउनुले देशको अर्थतन्त्र र मनोरन्जन क्ष्ेत्र बिस्तारै ओझेल नपलॉ भनेर भन्न सकिने अवस्था छैन। हलिउडमा समेत यस्ता बिषयलाई नजर अन्दाज गरेको कयौ उदाहरण भेटिन्छ।बलिउड ,कलीउड़ जुनसुकै क्षेत्र वा समाजमा शिष्टता र मर्यादाको सधैं ठूलो महत्व राख्दछ।हुन त हामी सामाजिक सञ्जाल प्रयोग कर्ता सञ्जालमा आएका छोटा 'क्लिप' का आधारमा वकालत र बहस गर्न पछि पर्दैनौ ,कति त्यसैको शिकार समेत बन्न पुगेका छन हाम्रा कलाकार!
देश,भाषा, भेषभुषा ,सस्कृति,धर्म,लिङ्ग वा लवजलाई खिसिट्यूरि गर्दै कुनै सिर्जना बन्छन भने त्यसमा बिरोध,असहमति जनाउनु वा आफ्नो धारणा बनाउनु सही हो तर एउटा कलाकारले आफ्नो बिचार ,आदर्श र प्रस्तुति दिदा यसरी जाईनै लाग्नुले अब को नया आउने कलाकारहरु,सर्जक सचेत र यस्ता कार्यक्रममा जान समेत बन्देज नहोला भन्न सकिन्न।लोकतन्त्रमा आफ्ना बिचार ब्यक्त गर्न सबैलाई स्वतन्त्र र समान हुन्छ चाहे राजवादि हुन या गणतन्त्रबादि या अन्य कुनै वादी सम्प्रदायनै!
कलाकारले बडो मेहनतले आफ्नो सिर्जना प्रस्तुत गरेको छ ,जहाँ कलाकार, लगानी कर्ता हुदै प्राबिधिक समेत यसमा मेहनत समाबेश भएको हुन्छ र ईमानदारी पुर्बक काम गरेको चलचित्र ,भिडियोलाई 'बायकट' गरी रहदा हामी यो भुल्न हुन्न की त्यहाँ धेरै जनाको रोजगारी समेत मिसिएको हुन्छ।हाम्रो समाजमा राजनीतिक प्रभावको जराले यसरी गाँजेको छ जुन विकासोन्मुख राष्ट्रहरूको रोगनै बनेको छ।
अहिले भई रहेको कलाकारको यो गतिमा त्यस्तो अत्यन्त ख़राब बोलेको वा लेखेको कही भेटीएको पाईदैन।कुनै नेता वा सेलिब्रिटी ठान्नेहरुको बारेमा बोल्दा बिचार पुराएर बोल्न आवश्यक होला तर बोल्नै नपाइने र बहिष्कार अभियाननै थालनि गर्नु कहाँ जायज होला र!यी हुने कार्यक्रमहरु कतिको आफ्नै 'प्रोग्राम फर्मेट'त कतै जानी जानी 'अटेनशन क्रिएट'गर्न,कुनै संघ संस्थाका सामाजिक सार्बजनिक कार्यक्रमहरु बोलिने भाषण,अभिब्यक्ति साथै अहिले चलेका टि. भी च्यानल,सामाजिक सञ्जाल र यूट्यूबहरु अगाडि छन।
प्रकास सपुतको 'बसन्त 'हुदै सुरक्षाको 'खेल' समेत सोचे अनुरूप नभएको यही सामाजिक सञ्जालले मूल्याङ्कन गर्ने परिपाटी र अहिले भई रहेको गणतन्त्रबादी र राजाबादीको पिसाईको नतिजा भन्न म रुचाउछु।हुन त ति चलचित्र 'फ्लप' कुनै राजाबादिले बनाएको पनि हैन, गणतन्त्रबादिले 'हिट' बनाउन सक्ने आधार पनि त होइन होला जब सम्म 'कंटेन्ट','स्क्रिप्ट' दरिलो नभए सम्म हुने यही हो।तर समाज यस्तो सम्म भयो की पूर्ब राजा,राजपरिवार वा शाह बंशको बिरोध सुन्नै नचाहने ,केहि भन्नै नहुने अनि हामीलाई फेरी उही निरंकुश राजतन्त्र भन्दै हिडन पनि नछाड़ने स्थिति बन्यो।यो लोकतन्त्रमा बोल्न,लेख्न मज्जाले पाइन्छ तर अपमान,तिरस्कार गर्न कुनै ब्यक्ति ,संस्थालाई छुट छैन।
अन्त्यमा कुनै बेला हालका वाहलवाला प्रम ओलीले कलाकार ‘कलाकार भनेका राष्ट्रका गहना हुन्’ भन्ने अभिब्यक्तिले बढीको मन छोएको थियो तर उनकै एक कार्यक्रममा प्रकाश सपुत भने सबैको आँखाको तारो बनेका थिए।त्यसैले कलाकारलाई सके सम्मान दिन सकौ सक्दैनौ बिरोध पनि नगरौ।कमसेकम छिमेकी देशमा कलाकारलाई गर्ने सम्मान बाट केहि त सिकौ।अझै पनि हामी नसुध्रिए कहिले सुध्रिने अनि भन्नै मन लागेको हाम्रा कलाकार,चलचित्रकर्मी भन्नेहरु, सम्बंधित संघ संस्था यस्तो घटना बारम्बार घटी रहदा पनि त चुप म चुप किन हुन सक्या होला की फेरी अरु कस्को पालो कुर्ने हो 'साइबर एटेक'का लागि.... खुल्दुलि ?