ललितपुर । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाले जैविक प्रविधि मार्फत पहिरो नियन्त्रणको कार्यलाई अगाडि बढाएको छ । गोदावरी नगरपालिकाको वडा नं २ स्थित किटाचौर, बिष्टछापमा रहेको जोखिम युक्त पहिरोमा भेटिभर बिरुवा रोपण गरी नगरप्रमुख गजेन्द्र महर्जनले उक्त कार्यको शुभारम्भ गरेको हो ।
उक्त कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोहर सिलवाल, कार्यपालिका सदस्य रीता पुकुंटी मिजार, वडा सदस्य रमेश बिष्ट, कर्ण तामाङ्ग, शोभा बानिया बुढाथोकी, वडा सचिव रोशन कुमार झा, फोकल पर्सन किरण बज्राचार्य, वडाका पुर्व वडा अध्यक्ष, बिद्यालयका शिक्षक, शिक्षिका, समाजसेवी, बुद्धिजीविहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा मेयर महर्जनले प्राकृतिक बिपद बाढी पहिरो जस्ता समस्याको प्राकृतिक रुपमै समाधान गर्न यस प्रकारको प्रविधि अन्तराष्ट्रिय स्तरमा प्रभाबकारी देखिएको बताए । उनले यस स्थानमा जैबिक प्रविधि मार्फत गरिएको पहिरो रोकथाम प्रभावकारी देखिएकोले पालिकाको अन्य क्षेत्रमा समेत यसको प्रयोग बिस्तार गरिदै जाने प्रतिबद्धता व्यक्त गरे ।
वडा नं २ का वडा अध्यक्ष सिलवालले भेटिभर प्रबिधि सयुक्त राष्ट्रसँघले सन् २०२० देखि २०३० को दशकलाई पारिस्थितिकी प्रणाली पुन स्थापनाको दशकको रुपमा घोषणा गरेको र पारिस्थितिकी प्रणाली पुन स्थापनामा भेटिभर बनस्पतिको धेरै ठुलो महत्व र योगदान रहेको कुरा बताए ।
उनले गोदावरी नगरपालिकाले बातावरण संरक्षणको क्षेत्रमा धेरै महत्वपुर्ण कार्यगर्दै आएको उल्लेख गर्दै पालिका हरित पुर्वाधार तर्फ अग्रसर रहेको जानकारी दिए । उनले हरित पुर्वाधारको कार्यसँग नेपालको पहिलो कार्वन नेगेटिभ पालिकाको रुपमा गोदावरी नगरपालिका स्थापित हुन सक्ने विचार व्यक्त गरे । गोदावरी नगरपालिकाले भेटिभर नेपालको प्राविधिक सहयोगमा स्याम्पल प्रोजेक्टको रुपमा उक्त पहिरो नियन्त्रणको कार्यको शुभारम्भ गरेको हो । काठमाडौँ उपत्यकामा पछिल्लो समय पहिरोको प्रकोप बढदै गएको छ । अघिल्लो बर्षको अत्याधिक बर्षाका कारण ललितपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक क्षेत्रमा बाढी तथा पहिरोले निकै ठुलो धनजनको क्षति भएको थियो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
