भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको आयोजना तथा सूयृविनायक नगरपालिकाको सहकार्यमा भक्तपुरमा रहेका पत्रकारहरुका लागि मोबाइल जर्नालिज्म (मोजो) सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
कार्यक्रमको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गर्दै सूनपा नयाँ नगरपालिका भए पनि तमाम् चुनौतीसँग जुधेर जनहितका कामकारवाही जारी राखेको बताए । उनले सूनपा विकास निर्माणको काममा अगाडि बढ्नुमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको विचार व्यक्त गरे ।
प्रमुख थापाले सूनपाले नगरवासीले तिरेका कर र जनप्रतिनिधिले निष्पक्ष तरीकाले निर्माण गरेका ऐन, नियममुताविक स्वच्छतापूवर्क काम गरिरहेको बताउँदै उनले नकारात्मक पत्रकारितालाई निरुत्साहित गनेतर्फ पत्रकारहरु सजग हुनुपर्नेमा ध्यानाकर्षण गराए ।
उनले काठमाडौं उपत्यकामा सार्वजनिक जग्गा निजीकरण गर्ने प्रयास कसैले नगरे हुन्छ भन्नेतर्फ सजग गराउँदै आधारहीन समाचार छापेर नगरमा गलत सूचना प्रवाह नगर्न आग्रह गरे । उनले ऐन, नियमअनुसार काम गरेमा देशको विकास सुनिश्चित हुने विचार व्यक्त गर्दै पत्रकारहरुको क्षमता अभिवृद्धि होस् भन्ने अभिप्रायले मोबाइल जर्नालिज्मसम्बन्धी अभिमुखीकरण तालिमको लागि सहयोग उपलब्ध गराएको विचार व्यक्त गरे ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमल्सिना भट्टराईले राज्यको चौथो अंगको रुपमा रहेका पत्रकार जगतले सूर्यविनायक नगरपालिकाको गतिविधिलाई विशेष रुपमा प्रचारपूसार गरेर जनतालाई सूसुचित गराइदिएकोमा धन्यवाद ज्ञापन गरिन् । उनले पत्रकारिता क्षेत्र समयसापेक्ष प्रविधिअनुकूल जाँदा क्षमता अभिवृद्धि हुने बताउँदै बदलिँदो प्रविधिअनुसार डिजिटल एडिसन प्रति सचेत रहनुपर्ने बताइन् ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पत्रकारहरुले आफ्नो व्यावसायिकताको विकास गर्न आजको अभिमुखीकरण कार्यक्रमले सघाउ पु¥याउने विश्वास व्यक्त गरे । उनले बर्तमानमा डिजिटल पत्रकारिताको दुपयोगतर्फ ध्यान दिनुपर्ने कुरा औंल्याए ।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले मोबाइल पत्रकारिता अहिलेको युगको आवश्यकतालाई सम्बोधन गर्ने विधि भएको उल्लेख गर्दै सूर्यविनायक नगरपालिकालाई सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भयो। अध्यक्ष शिल्पकारले सामाजिक सञ्जाल र पेसागत पत्रकारिताबीचको अन्तर बुझेर जिम्मेवार सामग्री प्रकाशन गर्न सञ्चारकर्मी लाई आग्रह समेत गरेका थिए ।कार्यक्रमले स्थानीय पत्रकारहरूलाई मोबाइल उपकरणको प्रयोगमार्फत समाचार संकलन, सम्पादन र प्रकाशनको व्यावहारिक ज्ञान प्रदान गर्दै पत्रकारितामा प्रविधि अनुकूलताको सन्देश दिएको सहभागीहरुले बताए हुन् ।