विश्वकै उत्कृष्ट ब्रोइलर जात ‘रोज ३०८’ को नेपालमा औपचारिक शुभारम्भ

0



काठमाडौं । कुखुरापालन क्षेत्रमा नेपाल नयाँ युगमा प्रवेश गरेको छ । विश्वमै उत्कृष्ट मानिने ब्रोइलर जात रोज ३०८ को औपचारिक रुपमा शुभारम्भ भएको काठमाडौंमा आयोजित एक कार्यक्रम मार्फत जानकारी गराइएको छ ।

काठमाडौंको मेरियट होटलमा आयोजना भएको कार्यक्रममा पोल्ट्री व्यवसायी, पशु चिकित्सक, पोल्ट्री विज्ञ तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा रोज ३०८ लाई नेपालमा ल्याउन क्वालिटी ह्याचरी प्रा. लि. ले पहल गरेको जानकारी गराइयो । जसमा विश्वप्रसिद्ध पोल्ट्री ब्रिडिङ कम्पनी ब्खष्बनभल को सहकार्य रहेको छ ।

कार्यक्रममा एभिएजेनका प्रतिनिधि लारी ब्लाकस्टोनले रोज ३०८ को विश्वव्यापी सफलता, उत्पादन क्षमता, रोग प्रतिरोधात्मक क्षमता तथा व्यवसायिक फाइदाका बारेमा प्रस्तुतीकरण गरेका थिए । यस्तै, पोल्ट्री पोषण विशेषज्ञ कार्थिक केशवनले रोज ३०८ को पोषण आवश्यकताबारे विस्तृत जानकारी प्रस्तुत गरे ।

क्वालिटी ह्याचरीका अध्यक्ष बिजय मानन्धरले स्वागत मन्तव्य दिँदै रोज ३०८ प्यारेन्टले अन्य जातको तुलनामा १५ देखि २० चल्ला बढी उत्पादन गर्ने जनाउँदै यसले करिब १०–१५ प्रतिशत उत्पादन लागतमा कमी ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रमको सहजिकरण कम्पनीका प्राविधिक तथा बिक्री प्रमुख डा. जनक मजाकोटीले गरेको थियो ।

उक्त जातले विश्वभर उच्च उत्पादन र कम लागतमा उत्कृष्ट नतिजा दिँदै आएको र अब नेपाली बजारमा पनि नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ । रोज ३०८ को आगमनसँगै नेपालमा विश्वस्तरीय पोल्ट्री ब्रिडको प्रवेश भएको आयोजकको भनाइ छ । आयोजकका अनुसार यो ब्रिडको माध्यमबाट नेपाली कुखुरापालन उद्योगमा गुणात्मक रूपान्तरण हुने विश्वास गरिएको छ ।

के हो ROSS ३०८ ?

रोज ३०८ विश्वमै सबैभन्दा धेरै प्रयोग गरिने ब्रोइलर जात हो, जुन एभिएजेन कम्पनीद्वारा विकास गरिएको हो । यो जात विशेषगरी मासु उत्पादनका लागि पालन गरिन्छ र यसको उत्पादन क्षमता, रोग प्रतिरोध, खोरको वातावरणसँगको अनुकूलता, तथा आहार उपयोग दक्षताका कारण विश्वभर किसानहरूको पहिलो रोजाइमा पर्दछ ।

ROSS ३०८ को प्रमुख विशेषताहरूः

✅ छिटो वृद्धि दर

ROSS ३०८ ले अन्य जातको तुलनामा कम समयमा बढी तौल लिन्छ ।

✅ उच्च फिड कन्भर्सन रेसियो FCR)

यो जातले थोरै दानामा धेरै तौल बढाउँछ । जसले गर्दा किसानको उत्पादन लागत घट्छ ।

✅ सन्तुलित शारीरिक संरचना

शरीर सन्तुलन राम्रो हुने भएकाले खुट्टासम्बन्धी समस्याहरू कम देखिन्छन् ।

✅ रोग प्रतिरोधात्मक क्षमता

ROSS ३०८ ले वातावरणीय दबाब सहन सक्ने क्षमता राख्छ, जसले गर्दा विभिन्न रोगहरूबाट जोगिन सजिलो हुन्छ ।

नेपालका लागि यसको महत्त्व

नेपालको पोल्ट्री उद्योग तीव्र रूपमा विस्तार हुँदैगर्दा, उच्च उत्पादन क्षमता भएको र कम लागतमा पाल्न सकिने जातहरूको माग बढ्दो छ । ROSS ३०८ को आगमनले नेपाली किसानलाई अन्तर्राष्ट्रियस्तरको उत्पादन क्षमता सहितको विकल्प दिएको छ । यसले पोल्ट्री व्यवसायलाई अझ प्रतिस्पर्धी, लाभदायक र दिगो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top