थिमिमा क्षयरोग सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

0

भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था र राष्ट्रिय क्षयरोग निवारण केन्द्रको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको संयोजनमा क्षयरोग सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका स्रोत व्यक्ति पार्वती थापाले हाल भक्तपुर जिल्लामा ४ सय ८७ जना क्षयरोगीहरुले औषधी सेवन गरिरहेको जानकारी दिदै मानवमा क्षयरोग कसरी सर्छ र सोको निदान तथा अपनाउनु पर्ने स्वास्थ्य सचेतना बारे जानकारी दिइएको थियो । उनले ८० प्रतिशत क्षयरोग सरुवा भएको र २० प्रतिशत नसर्ने क्षयरोग भएको जानकारी दिदैं मान्छेको शरीरको रौं र कपाल बाहेक जुनसुकै अंगमा क्षयरोग लाग्न सक्ने जानकारी दिए । 

नेपाल क्षयरोग निवारण संस्था भक्तपुरका सभापति हिरण्यप्रताप साँगामीको सभापतित्वमा भएको कार्यक्रम थिमिको आदर्श मा.वि.को सभाहलमा सम्पन्न भएको थियो ।

संस्थाका सचिव विजय कर्माचार्यले कार्यक्रमको परिचय, उद्देश्य र महत्वबारे प्रकाश पारेको कार्यक्रममा संस्थाकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजेश्वरी शिल्पकारले स्वागत मन्तव्य राखेको थियो ।



Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top