एजेन्सी । के तपाईंले कहिल्यै रातको आकाशतिर हेरेर सोच्नुभएको छ कि तपाईंको माथि के उडिरहेको छ ? मे २०२५ सम्म, पृथ्वीको परिक्रमा गर्ने ११,७०० भन्दा बढी सक्रिय उपग्रहहरू हुनेछन् र यो संख्या द्रुत गतिमा बढिरहेको छ । लाइभ साइन्सका अनुसार, २०२४ मा मात्र २,८०० भन्दा बढी नयाँ उपग्रहहरू कक्षमा पठाइएका थिए । यसको अर्थ प्रत्येक ३४ घण्टामा लगभग एउटा रकेट प्रक्षेपण गरिएको थियो । यो उपग्रह प्रक्षेपण गर्ने कार्यहरु धेरैजसो निजी अन्तरिक्ष कम्पनीहरू, विशेष गरी स्पेसएक्सले गरिरहेका छन् । कम्पनीको स्टारलिङ्क परियोजनाले हालसम्म ७,४०० भन्दा बढी उपग्रहहरू प्रक्षेपण गरिसकेको छ, जुन आजका सबै सक्रिय उपग्रहहरूको लगभग ६०% प्रतिशत हो ।
किन यति धेरै उपग्रहहरू प्रक्षेपणको कारण ?
मुख्य कारण ’मेगा कॉन्स्टेलेशन्स’को उदय हो, जुन विश्वभर इन्टरनेट र सञ्चार सेवाहरू प्रदान गर्ने उद्देश्यसहितको विशाल उपग्रह नेटवक हुन् । स्पेसएक्सको स्टारलिङ्क बाहेक, अन्य प्रमुखहरुमा अमेजनको प्रोजेक्ट कुइपर, वनवेब र अन्य धेरै चिनियाँ कम्पनीहरू रहेका छन् ।
यी कम्पनीहरू विश्वव्यापी इन्टरनेट कभरेज सुधार गर्न चाहन्छन्, विशेष गरी दुर्गम र ग्रामीण क्षेत्रहरूमा । तर बृहत्तर कनेक्टिभिटीको यो कार्यमा गम्भीर जोखिमहरू पनि देखा पर्न थालेका छन् ।
अन्तरिक्षमा कतिवटासम्म उपग्रहहरू अटाउन सक्छ ?
विज्ञहरूका अनुसार तल्लो–पृथ्वीको कक्ष (ीभ्इ), जुन जमिनबाट २,००० किलोमिटरसम्मको क्षेत्र हो, जसमा उपग्रहको ’भारवहन क्षमता’ छ । यहाँ ठूलो कुनै समस्या बिना सुरक्षित रूपमा उपग्रहहरुलाई विचरण गराउन सकिन्छ जुन उपग्रहहरूको अधिकतम संख्या हो ।
वैज्ञानिकहरूका अनुसार यो संख्या लगभग १,००,००० सक्रिय उपग्रहहरू बराबर छ । हालको प्रक्षेपण दरलाई हेर्दा, हामी २०५० अघि यो सीमामा पुग्न सक्छौं । मृत र निष्क्रिय उपग्रहहरू सहित कुल मिलाएर अन्तरिक्षमा लगभग अहिले १४,९०० उपग्रहहरू रहेको अनुमान छन्, हार्वर्ड र स्मिथसोनियन खगोलशास्त्री जोनाथन म्याकडोवेल भन्छन् ।