मध्यपुर थिमि नगरपालिकामा जनप्रतिनिधिका तीन वर्षे कार्यकालको प्रगति विवरण !

0

भक्तपुर । मध्यपुर थिमि नगरपालिकामा जनप्रतिनिधिहरुको तीन वर्षको कार्यकालमा गरेका विकास निर्माणका फेरिस्त बारे जानकारी गराइएको छ । मध्यपुर सञ्चार समाजले बुधबार मेयरसँंग गरेको पत्रकारहरुसँगको सम्वाद कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले १५ पृष्ठ लामो लिखित प्रतिवदेश पेश गरे । प्रतिवेदन बुँदागत रुपमा विभिन्न शीर्षकहरु सहितको प्रगति प्रतिवेदन पढेर सुनाएका थिए । 

पत्रकारहरुसँंगको सम्वादमा प्रमुख श्रेष्ठले नगरपालिकाले मध्यपुर थिमिमा रहेको मुर्त अमुर्त सम्पदाहरुको पुनः निर्माण कार्यका साथै सडक, मध्यपुर उज्यालो कार्यक्रम अन्तर्गतका भौतिक निर्माणको कार्यमा उल्लेखनीय प्रगति हासिल गर्नुका साथै सुशासनको क्षेत्रमा समेत नगरपालिकाले उच्चता हासिल गरेको दावी गरे । प्रमुख श्रेष्ठले नगरको ऐतिहासिकस्थलको रुपमा रहेको निलबाराही परिसरमा भैरहेको जनसहभागिताबाट निलबाराहीको पहिरो नियन्त्रण कार्यमा लागेका अभियन्ताहरुको कार्यशैली प्रति असन्तुष्टी जनाउदै अभियन्ताहरुले नगरपालिकाबाट कुनै काम नभएको, सो विषयमा सामाजिक सञ्जाल मार्फत आउने २०८४ सालको निर्वाचनमा हेरौला भन्दै भएको पोष्टहरु मार्फत आएका चेतावनीपूर्ण भनाईको सामना गर्न तयार रहेको मेयर श्रेष्ठले बताए । उनले नेपालको संविधानले जोसुकै नेपालीलाई चुनाव लड्ने अधिकार दिएको हुँदा २०८४ मा हेरौला भए हामी पनि हेरौंला भन्दै त्यसको सामना गर्न आफूहरु तयार रहेको प्रष्ट पारे । 

प्रमुख श्रेष्ठले निलबाराहीको संरक्षणमा नगरपालिका मुक दर्शक भएर नबसेको जानकारी गराउँदै हाल नेपालको ऐन, कानूनमा रहेको जटिलताका कारण सोचे अनुरुपको कार्य गर्न नसकिएको र नगरपालिका एक्लैले धेरै लागतको परियोजना शुरु गर्न नसकिने भएकोले आवश्यक पहल गर्दा ढिला हुन गएको जिकिर गरे । साथै उनले केही अभियन्ताहरुले नगरपालिकालाई विना कुनै जानकारी  नदिई, स्वीकृति नै नलिई आफूखुशी जनश्रमदान, चन्दा संकलनसमेत गरिरहेको कार्यप्रति असन्तुष्टी जनाउनुका साथै निलवाराही परिसरको पहिरो नियन्त्रणमा डिपिआर तयार भएको र सो अनुरुप ठेक्का प्रक्रियासमेत अघि बढि सकेको अवस्थामा डिपिआरको बारेमा आवश्यक सूचना प्राप्त गर्न नगरपालिकासँग सहकायृ गर्दै हेर्न सकिने जानकारी दिए । 

निलबाराही मध्यपुर थिमि नगरपालिकाको वडा नं ९ मा पर्ने ऐतिहासिक स्थल हो । यो नेपाल मन्दलको उपत्यकामा रहेका चार बाराहीमध्ये एक मुख्य बाराहीस्थान हो । वर्तमानमा यो ऐतिहासिक स्थल पहिरोको जोखिममा रहेको छ । साथै यो स्थल बादेको एतिहासिक नाच निलबाराही गणनाच र बोदेमा नै हुने बिस्का जात्राको जिब्रो छेड्ने जात्राको किम्बदन्तीसँग समेत जोडिएको छ । यही कारण यो वर्षा शुरु हुने समयमा पहिरोको जाखिम अझ बढी हुने भएकोले यसको संरक्षण गर्न भन्दै केही अभियन्ताहरुको सक्रियतामा स्वस्फूर्त रुपमा अहिले जनस्तरबाट कामहरु भइरहेका छन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर सिल्पकार, पत्रकारहरु रत्न श्रेष्ठ, कृष्ण प्रजापति, कृष्ण किसी, विज्ञान श्रेष्ठलगायतले विभिन्न विषयमा जिज्ञासा राखेको थियो । पत्रकारहरुले राखेका जिज्ञासा र प्रश्नहरुको जवाफ नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नगरपालिकाका १, ६, र ८ नं वडाका वडा अध्यक्षहरुले दिएका थिए । कार्यक्रम समाजका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ (गोपाल) को सभापतित्वमा भएको थियो ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top