एआई आयो, जागिर गयो ! प्रविधि कम्पनीहरूमा चुपचाप जनशक्ति कटौतीको लहर

0

काठमाडौं । प्रविधि क्षेत्र फेरि एकपटक ठूलो रोजगारी कटौतीको तरंगमा छ । तर अघिल्ला वर्षहरूमा जस्तो यो पटक न कम्पनीहरूले व्यापक घोषणा गरेका छन्, न त सार्वजनिक बहस नै चर्किएको छ । प्रविधि कम्पनीहरूले अहिले रणनीतिक र शान्त तरिकाले कर्मचारी हटाउने नयाँ प्रवृत्ति अपनाएका छन् ।

गुगल, अमेजन, माइक्रोसफ्टलगायतका ठूला प्रविधि कम्पनीहरूले ‘स्वेच्छिक अवकाश योजना’मार्फत कर्मचारीलाई बिदाइ गराउन थालेका छन् । यसरी दिइने बिदाइ प्याकेजमा तलब, स्टक भेस्टिङ, स्वास्थ्य बीमा लगायत सुविधा समावेश छन् ।

उदाहरणका लागि, गुगलले आफ्ना कर्मचारीलाई १४ हप्ताको आधारभूत तलबका साथै सेवावर्षअनुसार थप रकम दिने योजना ल्याएको छ । यस्तै, माइक्रोसफ्टले कमजोर प्रदर्शन गर्ने कर्मचारीलाई १६ हप्ताको तलबसहित बिदा दिन थालेको छ भने अमेजनले अफिस नफर्कन चाहने कर्मचारीलाई तीन महिनाको तलब दिएर पठाएको बताइएको छ ।

लागत घटाउने ‘शान्त रणनीति’

विश्लेषकहरूका अनुसार कम्पनीहरूले अब ‘मिसएलाइन’ (misaligned) भनिएका कर्मचारीहरूलाई हटाउने रणनीति अख्तियार गरेका छन्, जसले गर्दा लागत कटौती सहज र कानुनी झन्झटविना गर्न सकिन्छ । साथै, कम्पनीको छवि पनि प्रभावित नहुने भएकाले यो तरिका लोकप्रिय बन्दै गएको हो ।

एआईको तीव्र विकासले परम्परागत प्रविधि भूमिकाहरूको माग घटाइरहेको छ । उच्च दक्षतायुक्त एआई विज्ञहरूलाई भित्र्याउन बजेट व्यवस्थापन गर्नुपर्ने भएकाले पुराना भूमिकामा रहेका कर्मचारीलाई स्वेच्छिक बिदाइमार्फत हटाउने प्रक्रिया अगाडि बढाइएको छ ।

गुगलको आन्तरिक रणनीति अनुसार कम्पनी एआई केन्द्रित ढाँचामा पुनः संरचना गर्दैछ । एआईको अनुकूल नहुने कर्मचारीलाई लक्ष्य बनाएर क्रमशः बिदा दिने नीति अपनाइएको बताइन्छ ।

६२ हजारभन्दा बढी रोजगारी गुम्यो

सन् २०२५ को पहिलो छ महिनामै १४१ प्रविधि कम्पनीहरूले ६२ हजार ८ सयभन्दा बढी कर्मचारी हटाइसकेको तथ्याङ्क Layoffs.fyi मा उल्लेख छ । तर अघिल्ला वर्षहरूमा जस्तो एकैचोटि सामूहिक कटौती नगरी, यो पटक ‘गोप्य र क्रमिक’ ढाँचामा कटौती गरिएको देखिन्छ ।

हाइब्रिड कार्यशैलीतर्फ झुकाव

विशेषज्ञहरू भन्छन्, प्रविधि उद्योग अब ‘लिन हाइब्रिड वर्कफोर्स’ तर्फ उन्मुख हुँदैछ, जहाँ स्थायी जागिरको संख्या घट्दै जानेछ । पुनः तालिम, अनुकूलन क्षमताको मूल्यांकन र कार्यदक्षता मुख्य आधार बन्नेछन् ।

यसले दक्ष जनशक्तिका लागि स्टार्टअप वा अन्य अवसरमा जाने द्वार खोलिदिए पनि, कम अनुभव भएका कर्मचारीका लागि टिकिरहन गाह्रो हुने देखिन्छ ।

यद्यपि, एआई क्षेत्रमा आवश्यक प्रतिभाको अभाव भएको खण्डमा कम्पनीहरूले फेरि रिटेन्सन प्याकेजमार्फत कर्मचारीलाई रोक्नुपर्ने अवस्था आउन सक्छ ।

– द इन्डियन एक्सप्रेसको सहयोगमा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top