ब्लड ग्रुप नमिल्दाको घातक परिणाम ? विशेषज्ञले बताए वैज्ञानिक आधार

0

एजेन्सी । उत्तर प्रदेशको कानपुरस्थित एक निजी अस्पतालमा चिकित्सकको लापरवाहीका कारण एक महिलाको मिर्गौलाले काम नगरेको गम्भीर आरोप लगाइएको छ । पीडित परिवारका अनुसार सुत्केरी व्यथा लागेपछि श्रीमतीलाई लिएर अस्पताल पुगेका पिंटु नामका युवकले श्रीमतीका लागि आवश्यक रगतको व्यवस्था गराउन खोज्दा अस्पतालले पैसा लिएर गलत रगत चढाएको दाबी गरेका छन् ।

गलत ब्लड ट्रान्सफ्युजनका कारण महिलाको स्वास्थ्य अवस्था बिग्रिँदै गएर अन्ततः मिर्गौला नै फेल भएको बताइएको छ । हाल सो घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

यस घटनापछि ब्लड ट्रान्सफ्युजन (रक्त चढाउने प्रक्रिया) सम्बन्धी सावधानी र जोखिमबारे प्रश्न उठेका छन् । यस्तै विषयमा नोएडाकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मीरा पाठकले रक्त समूहको वैज्ञानिक पक्ष स्पष्ट पारेकी छन् ।

ब्लड ग्रुपको आधारमा मिल्छ उपयुक्त रगत

डा. पाठकका अनुसार, मानव शरीरको रगत विभिन्न प्रकारका कोष र प्लाज्मा नामक तरल पदार्थबाट बनेको हुन्छ । यसमा पाइने ‘रेड ब्लड सेल्स’ (लाल रक्तकण) को सतहमा रहेका विशेष अणुहरूलाई ‘एण्टिजन’ भनिन्छ । यिनै एण्टिजनका आधारमा रक्त समूह निर्धारण गरिन्छ ।

सामान्यतः मानिसमा चार प्रकारका ब्लड ग्रुप – ए, बि, एबि र ओ – पाइन्छन् । प्रत्येक समूह आरएच फैक्टरको आधारमा ‘पोजिटिभ’ वा ‘नेगेटिभ’ गरी दुई समूहमा विभाजन गरिएको हुन्छ ।

यस्तो अवस्थामा, कुनै व्यक्तिलाई आवश्यकता पर्दा उसैको ब्लड ग्रुप मिल्ने व्यक्तिबाट मात्र रगत दिइनु आवश्यक हुन्छ । गलत रक्त समूहको रगत चढाइएमा बिरामीको शरीरले त्यसलाई अर्के तत्व ठानी शरीरबाट प्रतिरोध गर्छ, जसबाट गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

गलत रगत चढाउँदा के हुन्छ ?

शरीरमा गलत रक्त समूहको रगत प्रवेश गरेपछि प्रतिरक्षा प्रणालीले त्यसमा रहेका अपरिचित एण्टिजनलाई नचिनेको वस्तुको रुपमा मान्दछ । यसपछि शरीरले त्यसविरुद्ध एण्टिबडी बनाउँछ, जसले रक्तका कोषहरू नष्ट गर्छ र रक्तनलीहरूमा थक्के बन्न थाल्छन् ।

यस्ता रिएक्शनलाई ट्रान्सफ्युजन रिएक्शन भनिन्छ । यस्तो अवस्थामा केही मिनेटमै ज्यानसमेत जाने खालको हुन सक्दछ । कतिपय अवस्थामा मिर्गौला, कलेजो, मुटु जस्ता अंगहरूमा क्षति पुग्न सक्छ । अर्थात ती अंगहरुले काम गर्न नसक्ने हुन सक्दछ । जसको कारण मानवको मुत्यु समेत हुन सक्ने प्रबल सम्भावना हुन्छ ।

ब्लड ट्रान्सफ्युजन गर्दा यस्ता सावधानी अपनाउन आवश्यक

  • विशेषज्ञहरूको अनुसार रगत चढाउँदा निम्न सावधानी अपनाउन आवश्यक छः
  • ब्लडको म्याद (एक्सपायरी डेट) अनिवार्य जाँच गर्नुपर्छ । ब्लड ३५ देखि ४२ दिनसम्म सुरक्षित रहन्छ ।
  • बिरामीको ब्लड ग्रुप पहिल्यै पुष्टि गरिनुपर्छ ।
  • ‘क्रस म्याचिङ’ गरिसकेपछि मात्र रगत चढाउनु पर्दछ ।
  • रक्त चढाउने क्रममा बिरामीलाई ज्वरो, वान्ता, कपकपी वा असामान्य प्रतिक्रिया देखिए तुरुन्त रगत दिन रोक्नु पर्दछ ।
  • ड्रिप पाइपमा हावा रहे नरहने जाँच गर्नुपर्छ ।
  • ब्लड प्याकेटमा रगत समाप्त हुनुअघि नै स्विच बन्द गरिनुपर्छ ताकि रगत उल्टो जान नसकोस् ।
  • नातेदार वा चिनेजानेकाबाट मात्र रगत लिनुपरेमा उनको स्वास्थ्य अवस्था थाहा पाउन र रक्त परीक्षण गराउनु पर्दछ ।

रगत चढाउने कार्य गम्भीर जिम्मेवारी हो

विशेषज्ञहरूका अनुसार“रक्त जीवनदायिनी पदार्थ हो तर गलत प्रयोगले ज्यानै लिन सक्छ ।” त्यसैले रगत चढाउने प्रक्रियामा पूर्ण सावधानी अपनाउन अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मीको भूमिका अत्यन्त जिम्मेवार हुन आवश्यक छ ।

कानपुरको घटनाबाट यस्ता त्रुटिहरूले कस्तो भयावह अवस्था निम्त्याउन सक्छ भन्ने चेतावनी दिएको छ । यस घटनाबाट पाठ सिक्दै यस्ता लापरवाही दोहोरिन नदिन सम्बन्धित निकाय, अस्पताल तथा स्वास्थ्यकर्मीले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top