चाँगुनारायण नगर अस्पतालमा वृहत स्वास्थ्य सेवा सञ्चालन

0

नगरबासीलाई लक्षित गर्दै आकस्मिकदेखि विशेषज्ञ उपचारसम्मको सुविधा उपलब्ध


भक्तपुर । चाँगुनारायण नगरपालिका–४ मा सञ्चालित नगर अस्पतालले नगरवासीलाई लक्षित गर्दै विविध स्वास्थ्य सेवा विस्तार गरेको छ। नगरपालिकाको प्रत्यक्ष व्यवस्थापनमा सञ्चालित यस अस्पतालमार्फत सामान्यदेखि विशेषज्ञस्तरसम्मका उपचार सेवा नियमित रुपमा दिइँदै आएका जनाएकाे छ।

हाल अस्पतालले २४ सैं घण्टा आकस्मिक सेवा, प्रसूति सेवा तथा एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ। त्यस्तै, ओपीडी तथा विशेषज्ञ चिकित्सकमार्फत नियमित स्वास्थ्य परामर्श सुविधा, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी (एक्सरे तथा भिडियो एक्सरे), र डट्स तथा कुष्ठरोगसम्बन्धी सेवाहरूसमेत नगरपालिका अस्पतालले उपलब्ध गराएकाे छ।

अस्पतालले उपलब्ध गराएका प्रमुख स्वास्थ्य सेवाहरू यस प्रकार छ :

  • आकस्मिक, ओपीडी तथा अन्तरङ्ग सेवा

  • सामान्य शल्यक्रिया तथा सुरक्षित मातृत्व कार्यक्रम

  • नियमित खोप, रेबिज तथा टिटानस खोप सेवा

  • ९ हप्तासम्मको सुरक्षित गर्भपतन सुविधा

  • परिवार नियोजन, किशोरमैत्री तथा पोषण सेवा

  • दन्त उपचार, VIA परीक्षण तथा नसा/हाडजोर्नीसम्बन्धी उपचार

  • विद्यालय तथा सामुदायिक स्वास्थ्य शिक्षा कार्यक्रम

  • स्वास्थ्य बीमा अन्तर्गत सेवा उपलब्धता

  • अक्सिजन वितरण तथा पुनःभरण सुविधा

विशेषज्ञ सेवाहरूको साप्ताहिक तालिका यस्तो छ :

  • एमडीजीपी सेवा – प्रत्येक दिन

  • नाक, कान, घाँटी / आँखा तथा बालरोग सेवा – प्रत्येक आइतबार

  • नसा तथा हाडजोर्नी सेवा – आइतबार, सोमबार र बिहीबार

  • स्त्रीरोग तथा भिडियो एक्सरे सेवा – बिहीबार

  • अन्कोलोजी (क्यान्सरसम्बन्धी सेवा) – प्रत्येक शुक्रबार

नगरवासीको सहज स्वास्थ्य पहुँच सुनिश्चित गर्न चाँगुनारायण नगरपालिकाले यो अस्पतालमार्फत आधारभूतदेखि विशेषज्ञस्तरसम्मको सेवा सुलभ बनाएको बताइएको छ। नियमित सेवा विस्तार र गुणस्तरीयता अभिवृद्धिसँगै अस्पतालले जिल्लामा प्रभावशाली भूमिका निर्वाह गरिरहेको स्थानीयवासीहरूको भनाइ छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top