नेपाल मेडिकल कलेजले विभिन्न पदका लागि जनशक्ति माग गर्‍यो

0

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा दक्ष जनशक्ति माग गरेको छ। कलेजले एक सूचना प्रकाशित गर्दै प्राध्यापक तहदेखि प्राविधिक तथा प्रशासनिक पदसम्मका लागि दरखास्त आह्वान गरेको हो।

प्रकाशित सूचनाका अनुसार कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरर, स्टाफ नर्स, साथै इलेक्ट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफरहेल्थ असिस्टेन्ट पदका लागि योग्य उम्मेदवारहरू माग गरेको हो।

कलेजका अनुसार स्वास्थ्य सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउन थप जनशक्ति आवश्यक परेकाले यो दरखास्त आह्वान गरिएको हो। इच्छुक उम्मेदवारहरूले असार १२ गतेभित्र आफ्नो व्यक्तिगत विवरण (CV) इमेलमार्फत पठाउनु पर्नेछ। सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्र अन्तर्वार्ताको लागि बोलाइने जनाइएको छ।

नेपाल मेडिकल कलेजले विगत २५ वर्षदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा निरन्तर योगदान दिँदै आएको छ। संस्थाले नविनतम प्रविधिको प्रयोग गरी सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ।

थप जानकारी तथा आवेदन फारमको लागि, कृपया कलेजद्वारा प्रकाशित मूल सूचना हेर्नुहोस्।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top