अब अनलाइन व्यवसाय सूचीकृत गर्नैपर्ने, साउन २ भित्र निवेदन दिन विभागको निर्देशन

0

काठमाडौ । सरकारले विद्युतीय माध्यमबाट वस्तु वा सेवा बिक्री वितरण गर्ने अनलाइन व्यवसायहरूलाई अनिवार्य रूपमा सरकारी पोर्टलमा सूचीकृत हुन निर्देशन दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै सबै अनलाइन व्यवसायीहरूलाई आगामी साउन २ गतेभित्र सूचीकृत हुन आग्रह गरेको हो।

गत वैशाख २ गतेदेखि लागू भएको विद्युतीय व्यापार ऐन, २०८२ अनुसार ई–कमर्स कारोबारलाई नियमन र व्यवस्थित गर्न विभागले यो पहल अघि सारेको जनाएको छ। ऐन लागू हुनु अघि देखिका सक्रिय व्यवसायीहरूका साथै नयाँ रूपमा अनलाइन व्यापार सुरु गर्न चाहने सबैले सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको छ।

विभागका अनुसार सूचीकृत हुन चाहने व्यवसायीहरूले विभागको ई–कमर्स पोर्टलमा गएर आवश्यक विवरणसहित अनलाइन निवेदन दिनुपर्नेछ। त्यसका लागि व्यवसायको नाम, ठेगाना, दर्ता प्रमाणपत्र नम्बर, दर्ता निकाय, प्यान (PAN), भ्याट (VAT) नम्बर, सम्पर्क विवरण, साथै ग्राहक सेवा तथा गुनासो सम्बोधन गर्ने व्यक्ति वा इकाई को विवरण अनिवार्य हुने स्पष्ट गरिएको छ।

त्यस्तै, प्राइभेट फर्म, साझेदारी फर्म वा कम्पनीको हकमा सञ्चालकहरूको पहिचान खुल्ने कागजातहरू र व्यवसायसँग सम्बन्धित सम्पत्ति विवरण समेत संलग्न गर्नुपर्नेछ।

विभागले आफ्नो वेबसाइट www.doc.gov.np मार्फत पोर्टल सञ्चालन गरिने जानकारी दिँदै आवेदन दिने प्रक्रिया सम्बन्धी मार्गदर्शिका (म्यानुअल) पनि त्यहीं उपलब्ध रहेको उल्लेख गरेको छ।

तोकिएको समयसीमा नाघेर सूचीकृत नहुने व्यवसायहरूलाई भने कानुन अनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top