एलन मस्कको कम्पनी xAI मा जागिरको अवसर, तलब ३ करोड ७० लाख रुपैयाँसम्म

0


काठमाडौं । विश्व चर्चित उद्यमी एलन मस्कद्वारा स्थापित आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी xAI मा जागिरको सुनौलो अवसर खुलेको छ। टेक्नोलोजी र फाइनान्स क्षेत्रमा करिअर बनाउन चाहनेका लागि यो एक उत्कृष्ट मौका हो। कम्पनीले हाल विभिन्न पदका लागि भर्ती प्रक्रिया सुरु गरेको छ, जहाँ तलब वार्षिक १ करोड ९० लाखदेखि ३ करोड ७० लाख रुपैयाँसम्म हुन सक्छ।

विशेष कुरा के छ भने, केही पदहरू घरबाटै (रिमोट) काम गर्न मिल्ने छन्।

कुन-कुन पदमा आवेदन गर्न सकिन्छ?

xAI ले हाल पालो आल्टो (सैन फ्रान्सिस्को) र मेम्फिसस्थित कार्यालयहरूमा ब्याकएन्ड इन्जिनियर, प्रोडक्ट डिजाइनर, डेटा साइेन्टिस्ट, कानुनी विज्ञलगायत विभिन्न पदमा कर्मचारी माग गरेको छ।

विशेष पदहरूमध्ये ‘टेक्निकल लिड (पेमेंट्स)’ को भूमिका निकै महत्त्वपूर्ण छ। उक्त व्यक्ति कम्पनीको नयाँ डिजिटल पेमेन्ट प्लेटफर्म X Money बनाउनमा संलग्न हुनेछ, जुन हाल विकासको प्रारम्भिक चरणमा रहेको प्रोजेक्ट हो।

योग्यता र तलब

टेक्निकल लिड (पेमेंट्स) का लागि कम्तीमा ८ वर्षको सिस्टम वा ब्याकएन्ड इन्जिनियरिङ अनुभव हुनुपर्नेछ, विशेषगरी फिनटेक वा ठूलो स्केलका प्लेटफर्म मा। यो पदका लागि पालो आल्टोमा बस्नुपर्नेछ, वा त्यहाँ सरेर जानुपर्ने हुन्छ।

तलब वार्षिक १.९ देखि ३.७ करोड रुपैयाँ सम्म हुनेछ। यदि आवेदकसँग Golang, Kafka, Postgres जस्ता टुल्सको अनुभव छ भने सो बोनस मानिनेछ।

त्यस्तै, अर्को पद ‘AI ट्युटर – फाइनान्स स्पेशलिस्ट’ पनि खुला गरिएको छ, जुन रिमोट मोड मा काम गर्न मिल्नेछ। यसमा फाइनान्सियल डाटा लेबलिङ र एआई मोडेल प्रशिक्षण सम्बन्धी काम हुनेछ। यसका लागि फाइनान्समा मास्टर्स वा पीएचडी तथा इन्भेस्टमेन्ट एनालिस्ट को अनुभव हुनुपर्नेछ।

तलब प्रति घण्टा ३ हजारदेखि ५ हजार ५ सय रुपैयाँ सम्म हुनेछ। तर इलिनोइ वा वायोमिङ राज्यका बासिन्दाहरूले आवेदन दिन नपाउने बताइएको छ।

छनोट प्रक्रिया कस्तो हुनेछ?

xAI को हायरिङ प्रक्रिया तीव्र छ। सुरुवातमा स्क्रीनिङ, त्यसपछि कोडिङ चुनौती र सिस्टम डिजाइनको छलफल हुनेछ। त्यसपछि पुराना प्रोजेक्टहरू देखाउनुपर्नेछ र अन्तिम चरणमा टीमसँग अन्तर्वार्ता हुनेछ। सम्पूर्ण प्रक्रिया एक साताभित्रै सकिने कम्पनीको दाबी छ।

X Money के हो?

एलन मस्कले X Money लाई X एप्समा समावेश गर्ने योजना बनाएका छन्, जसले सामाजिक सञ्जालसँगै पैसा पठाउने, बिल तिर्ने र फाइनान्स व्यवस्थापन गर्ने सेवा प्रदान गर्नेछ। कम्पनीले सन् २०२५ मा सार्वजनिक रूपमा यो सेवा ल्याउने तयारी गरिरहेको छ।

आवेदन कसरी गर्ने?

– खुला पदहरू, योग्यता र तलब हेर्नुहोस्।
– आफ्नो अनुभव, विवरण र प्रोजेक्ट जानकारी पठाउनुहोस्।
– चाँडो आवेदन गर्नुहोस्, किनभने माग धेरै छ।

यदि तपाईं टेक वा फाइनान्स क्षेत्रमा दक्ष हुनुहुन्छ भने यो अवसर नछुटाउनुहोस्। घरमै बसेर काम गर्ने मौका र करोडौंको तलब – यस्तो अवसर बारम्बार आउँदैन।

                                                                                                       - एजेन्सीकाे सहयाेगमा

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top