माओवादी केन्द्रको उखु किसान आन्दोलनप्रति समर्थन, सरकारको निर्णयप्रति तीव्र आपत्ति

0



काठमाडौं । उखु किसानले काठमाडौंको माइतीघर मण्डलामा आफ्ना बक्यौता रकम भुक्तानी र समर्थन मूल्य वृद्धिको माग गर्दै जारी राखेको अनशनप्रति नेकपा (माओवादी केन्द्र) ले ऐक्यबद्धता जनाएको छ । पार्टीले हालै सरकारद्वारा गरिएको उखुको समर्थन मूल्य कटौतीको निर्णयलाई “किसानविरोधी र गैरजिम्मेवार“ भन्दै कडा आलोचना गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “सरकारको निर्णयले किसानको उत्पादन लागतसमेत नधान्ने स्थिति बनाएको छ । यसले पहिल्यैदेखि संकटमा परेका किसानमाथि थप अन्याय गरेको छ ।”

उनका अनुसार माओवादी नेतृत्वको सरकारले किसानलाई राहत दिन उखुको समर्थन मूल्यमा प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान प्रदान गर्ने निर्णय गरेको थियो । तर हालको सरकारले उक्त अनुदान घटाएर ३५ रुपैयाँमा झार्नु किसानमाथिको उपेक्षा भएको टिप्पणी गरिएको छ ।

पार्टीले आन्दोलनरत किसानका जायज मागप्रति पूर्ण समर्थन जनाउँदै सरकारसँग बक्यौता रकम तत्काल भुक्तानी गर्न र समर्थन मूल्य तथा अनुदान पुनः किसानमैत्री तरिकाले निर्धारण गर्न माग गरेको छ ।

“सरकारले विचौलियाको स्वार्थमा सत्ता संरचना प्रयोग गरेर किसानको आवाज बेवास्ता गर्नु खतरनाक प्रवृत्ति हो,” सापकोटाले चेतावनी दिएका छन्, “यदि सरकार गम्भीर भएन भने हाम्रो पार्टी किसानसँगै उभिएर संघर्षलाई अझ व्यापक र सशक्त बनाउनेछ ।”

माओवादी केन्द्रले किसानलाई आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्डको रूपमा उल्लेख गर्दै व्यवसायिक कृषि प्रवद्र्धनका लागि अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको पनि स्पष्ट पारेको छ ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top