विनायकका विद्यार्थीहरू जिल्लास्तरीय स्क्र्याबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट

0



भक्तपुर । अङ्ग्रेजी भाषाको ज्ञान अभिवृद्धि गर्नुका साथै सृजनशील, सहकार्यात्मक तथा आलोचनात्मक सोच विकास गर्ने उद्देश्यले आयोजित पाँचौं जिल्ला स्क्र्याबल च्याम्पियनसिपमा विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

भक्तपुर जिल्लाका १७ सदस्य विद्यालयमध्ये ११ विद्यालयका २२ जना विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगिता यही २०८२ भदौ २० गते नवरत्न लाइफ स्कुलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रम नवरत्न लाइफ स्कुलका सहायक प्रिन्सिपल नरेन्द्र श्रेष्ठको सभापतित्वमा र प्याब्सन मध्यपुरका उपाध्यक्ष तथा लर्डबुद्ध इङ्लिस स्कुलका प्रिन्सिपल बुद्ध बाडेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

प्रतियोगितामा विनायक शिक्षा निकेतनका तुलज प्रजापतिले सबै राउन्डमा विजय हासिल गर्दै सर्वोत्कृष्ट भक्तपुर च्याम्पियनको उपाधि जित्न सफल भए। त्यस्तै, सुजिना कुम्पाख दोस्रो, अरुणदय स्कुलका प्रतिक ढुंगेल तेस्रो तथा सागर दुलाल आठौँ स्थानमा परेका थिए। अरुणदय स्कुल विनायक शिक्षा निकेतनकै व्यवस्थापनमा सञ्चालित संस्था हो।

प्रतियोगिता अन्तर्राष्ट्रिय स्क्र्याबल संघ (WESPA) को नियमअनुसार पाँच चरणमा सम्पन्न भएको थियो। सो प्रतियोगिताबाट यही २०८२ असोज २८ देखि ३० गतेसम्म हेटौंडास्थित बालजागृति स्कुलमा हुने राष्ट्रिय च्याम्पियनसिपका लागि सात जना विद्यार्थी छनोट भएका छन्।

कार्यक्रममा स्क्र्याबल क्लब अफ भक्तपुरका संयोजक प्रेमप्रसाद निरौला, नवरत्न लाइफ स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्र तबुन्जा श्रेष्ठ, एडभान्स एकेडेमीका प्रिन्सिपल सोमकृष्ण प्रजापति, गोल्डेन गेट स्कुलका प्रिन्सिपल सिंह लामा, क्रिएटिभ लर्नर्सका प्रिन्सिपल कृष्णहरि घवा श्रेष्ठ, सिवर्ड कलेजकी प्रिन्सिपल प्रेमकेशरी शाक्य लगायत विभिन्न विद्यालयका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा वक्ताहरूले सहभागी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि भक्तपुर जिल्लाको गौरव बढाउने अपेक्षा व्यक्त गरे।

स्मरणीय छ, विनायक शिक्षा निकेतनका छात्र तुलज प्रजापतिले २०८१ सालमा पनि जिल्लास्तरीय च्याम्पियन हुँदै गुल्मीमा आयोजित राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट स्थान प्राप्त गर्दै अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाल प्रतिनिधित्व गरेका थिए, जहाँ उनले छवटा देशका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै चौथो स्थान प्राप्त गरेका थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top