शिक्षण अस्पतालको निर्देशन : अब चिकित्सकले जेनेरिक नाम क्यापिटल अक्षरमै लेख्नुपर्ने

0



काठमाडौं  । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जले चिकित्सकीय पुर्जामा औषधि लेख्ने तरिकामा परिवर्तन गर्न निर्देशन दिएको छ। अबदेखि अस्पतालमा कार्यरत चिकित्सकहरूले बिरामीलाई दिइने औषधिको नाम जेनेरिकमा र क्यापिटल (ठूलो) अक्षरमा मात्र लेख्नुपर्नेछ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुबास प्रसाद आचार्यद्वारा जारी सूचनामा भनिएको छ, “नेपाल सरकार तथा डीन कार्यालयबाट जारी निर्देशिकाअनुसार अब चिकित्सकहरूले बिरामीका लागि जेनेरिक नाम प्रयोग गर्दै क्यापिटल अक्षरमा औषधि लेख्नुपर्छ।”

यो निर्णयसँगै अब ब्रान्डेड औषधिको सट्टा सोही औषधिको रासायनिक नाम लेखिनेछ। यसबाट बिरामीहरूले कम मूल्यमा समान गुणस्तरको औषधि छनोट गर्न पाउनेछन्। साथै, एउटै ब्रान्ड खोज्नुपर्ने बाध्यता पनि हट्नेछ।

सूचनामा अझ भनिएको छ कि औषधिको नाम क्यापिटल अक्षरमा लेख्दा चिकित्सकको हातको अस्पष्ट अक्षरको कारण पर्न सक्ने भ्रम हट्नेछ। यसले औषधि वितरणमा संलग्न फार्मासिस्टलाई सही औषधि छान्न मद्दत पुग्नेछ भने बिरामीले गलत औषधि सेवन गर्ने जोखिम पनि न्यून हुनेछ।

अस्पताल प्रशासनले यो नियम कडाइका साथ लागू गरिने स्पष्ट गर्दै सबै चिकित्सक तथा शिक्षकमण्डललाई पालना गर्न अनुरोध गरेको छ।

यो निर्देशनसँगै सरकारी मापदण्डअनुसार चिकित्सा सेवा अझै प्रभावकारी र सुरक्षित हुने विश्वास गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top