भक्तपुर । सरकारले सुकुमवासी बस्ती खाली गर्न दिएको दुई दिने अल्टिमेटमपछि भक्तपुर–काठमाडौं सिमानास्थित मनोहरा खोला आसपासका बस्तीमा बसोवास गर्दै आएका सुकुमवासीहरूले सामान सार्न सुरु गरेका छन्। प्रहरीका अनुसार हालसम्म ५० भन्दा बढी परिवारले आफ्नो सामग्री अन्यत्र सारेका छन्।
प्रहरी तथ्यांकअनुसार मनोहरा क्षेत्रका बस्तीमा कुल ७ सय ७७ घरधुरी सुकुमवासी बसोवास गर्दै आएका छन्। वर्षौंदेखि त्यहीँ बस्दै आएका उनीहरूलाई वैकल्पिक व्यवस्थाविना हटाउन लागिएको भन्दै स्थानीयमा असन्तुष्टि बढ्दो छ।
भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार उक्त क्षेत्रमा ४ हजारभन्दा बढी जनसंख्या बसोवास गर्दै आएको अनुमान गरिएको छ।
सुकुमवासीहरूले भने आफूहरूको उचित व्यवस्थापन, रोजगारीको सुनिश्चितता तथा वास्तविक सुकुमवासीको पहिचान गरी नक्कली सुकुमवासीमाथि छानबिन र कारबाही गर्नुपर्ने माग राखेका छन्।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
