कार्यक्रममा भक्तपुर टोस्टमास्टर्स क्लबका प्रतिनिधिहरूले प्रभावकारी बैठक सञ्चालन, समय व्यवस्थापन र नेतृत्व विकाससम्बन्धी व्यावहारिक जानकारी दिएका थिए। उनीहरूले छोटो समयमा नतिजामुखी बैठक सञ्चालन गर्ने तरिका तथा वक्ताहरूको प्रस्तुतिमा सुधार ल्याउन रचनात्मक मूल्याङ्कन (इभालुएसन) कसरी गर्ने भन्नेबारे समेत सुझाव प्रस्तुत गरेका थिए।
त्यसैगरी ‘गो लोकल’ अभियानका संयोजक विरेन्द्र जतिले परम्परागत उद्योगहरूको संरक्षण र प्रवर्द्धनका लागि भइरहेका प्रयासबारे जानकारी गराउँदै रैथाने सीप, कला र उत्पादनलाई आधुनिक बजार तथा पर्यटनसँग जोड्ने साझा मञ्चका रूपमा अभियान अघि बढाइएको बताए। सह–संयोजक रामसुन्दर भेलेले ‘भक्तपुर बाई नाइट’ कार्यक्रमको अनुभव प्रस्तुत गर्दै भक्तपुरलाई रात्रीकालीन पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सांस्कृतिक सम्पदा यात्रालाई निरन्तरता दिनुपर्ने धारणा राखे।
अभियानकी सदस्य रमिला दुवालले गो लोकलद्वारा प्रकाशित सामग्रीमा समेटिएका १५ वटा मौलिक उत्पादनबारे जानकारी गराइन् भने श्रीजना कक्षपतिले अभियानका अन्य गतिविधि र यसले स्थानीय अर्थतन्त्रमा पुर्याउन सक्ने योगदानबारे प्रकाश पारिन्।
यसैबीच, भक्तपुरका सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र स्थानीय उद्योगलाई पर्यटनसँग जोड्ने उद्देश्यले निकट भविष्यमा ‘सन्ध्याकालीन सम्पदा यात्रा’ (इभिनिङ हेरिटेज वाक) आयोजना गरिने भएको छ। उक्त कार्यक्रमले भक्तपुरको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्नुका साथै युवापुस्तामा मौलिक पहिचानप्रति गौरव जागृत गराउने विश्वास गरिएको छ।

.webp)


%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
