विद्यालयका अनुसार जेष्ठ ५ गतेदेखि सुरु भएको निर्वाचन कार्यक्रम जेष्ठ १२ गते सम्पन्न भएको थियो। कार्यक्रममा कक्षा ४ देखि १० सम्मका करिब ४०० विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यार्थीहरूलाई नेपालको निर्वाचन प्रणालीबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले उम्मेदवार मनोनयन, दाबी–विरोध, अन्तिम नामावली प्रकाशन, मतदान तथा मतगणना लगायतका सम्पूर्ण प्रक्रिया प्रयोगात्मक रूपमा सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
सम्पन्न भएकाे मतगणनाअनुसार कक्षा १० का विद्यार्थी आरुष श्रेष्ठ २८४ मत प्राप्त गर्दै स्कुल क्याप्टेनमा निर्वाचित भएका छन् भने एन्जिला श्रेष्ठ सहायक स्कुल क्याप्टेन बन्न सफल भएकी छन्। त्यसैगरी चारवटा सदनअन्तर्गत हाउस क्याप्टेन तथा भाइस क्याप्टेन पदका लागि भएको प्रतिस्पर्धाबाट विभिन्न विद्यार्थीहरू निर्वाचित भएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला ले जानकारी दिनुभयो।
मतगणना सम्पन्न भएपछि विजयी विद्यार्थीहरूलाई खादा ओढाएर बधाई तथा शुभकामना प्रदान गरिएको थियो। सो अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले व्यवहारिक ज्ञानसँगै प्रयोगात्मक शिक्षा नै विनायकको विशेषता रहेको उल्लेख गर्दै निर्वाचित सम्पूर्ण विद्यार्थीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेकाे थियो।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
