रामशेखर नकर्मीका ख्यालःमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु

0



भक्तपुर । वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मीका ख्यालः (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु भएको छ।

नाट्यकर्मी समाज नेपाल, भक्तपुरको आयोजनामा सञ्चालन भएको “रामशेखर नकर्मीका ख्यालःहरू” विषयक कार्यशाला असार ४ देखि ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। कार्यशालामा नकर्मीद्वारा सिर्जित ख्यालः तथा प्रहसनहरूको अध्ययन, विश्लेषण, प्रस्तुति तथा समसामयिक सान्दर्भिकताबारे छलफल गरिने कार्यक्रम रहेको छ।

नेपाली रंगमञ्च र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका रामशेखर नकर्मी भक्तपुरका चर्चित कलाकार, लेखक तथा निर्देशकका रूपमा परिचित थिए। उनले नाटक, प्रहसन, कथा तथा उपन्यासमार्फत नेपाली समाजका विविध आयामलाई उजागर गरेका थिए। उनको २०७३ सालमा निधन भएको थियो।

आयोजकका अनुसार कार्यशालाले नयाँ पुस्ताका नाट्यकर्मीलाई नकर्मीका सिर्जना, विचार र योगदानबारे जानकारी गराउनुका साथै ख्यालः परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

नाट्यकर्मी समाज नेपालले यसअघि पनि भक्तपुरमा विभिन्न नाटक मेला, रंगकर्मसम्बन्धी कार्यक्रम तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

कार्यशालामा स्थानीय नाट्यकर्मी, कलाकार, विद्यार्थी तथा रंगमञ्चप्रति रुचि राख्ने व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top