विनायकका तुलज अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि छनोट

0


भक्तपुर।
विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी तुलज प्रजापति राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो रनरअप बन्न सफल भएका छन्। उनले अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगिताका लागि समेत छनोट हुने सफलता हासिल गरेका छन्।

बुटवलस्थित एपेक्स स्कुलमा कार्तिक १३ देखि १५ गतेसम्म आयोजित १२औँ राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा देशका ३७ जिल्लाका १०६ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै तुलजले दोस्रो रनरअपको स्थान हासिल गरेका हुन्।

तुलजले यसअघि विद्यालयस्तरीय प्रतियोगितामा च्याम्पियन बन्नुका साथै भक्तपुर जिल्ला च्याम्पियनको उपाधिसमेत जितेका थिए। विद्यालय र जिल्लास्तरमा आफ्नो उत्कृष्टता प्रमाणित गरेका उनले राष्ट्रिय प्रतियोगितामा समेत सफलता हासिल गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेका हुन्।

राष्ट्रिय प्रतियोगितामा भक्तपुर जिल्लाबाट जिल्ला च्याम्पियन बनेका नौ जना विद्यार्थीले सहभागिता जनाएका थिए। तीमध्ये विनायक शिक्षा निकेतनकै सागर दुलाल र सुलभ प्रजापतिले समेत उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

तुलज अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपका लागि छनोट भएपछि विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति तथा विद्यालय परिवारले उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। विद्यालयले तुलजको सफलतालाई विद्यार्थीको प्रतिभा, मेहनत र निरन्तर अभ्यासको उपलब्धिका रूपमा लिँदै आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेको छ।

राष्ट्रियस्तरको प्रतिस्पर्धामा सफलता हासिल गरी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट हुन सफल तुलजको उपलब्धिले विद्यालयसँगै भक्तपुर जिल्लाकै गौरव बढाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top