भक्तपुर । भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्व माझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरु गरेका छन् । पैदल र प्याडल मैत्री सहर मुख्य नारासहित साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज बिहान साइक्लिङ च्यालेन्ज यात्रा कार्यक्रमअन्तर्गत ‘भक्तपुर कोरा २०२२’ सुरु भएको हो ।
साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुनिल बालाले भक्तपुर, काठमाडौँ, ललितपुर तथा काभ्रेपलाञ्चोकको सिमानासम्मका पर्यटकीय एवं सम्पदास्थलको साइकलबाट परिक्रमा गर्ने गरी भक्तपुर दरबार स्क्वायरबाट ५०, ७५ र १०० किलोमिटरको तीनवटा रुटमा यात्रा सुरु गरेको जानकारी दिए ।
कार्यक्रम संयोज सुनिल ख्याजुले
तीनवटा रुट बनाएर
भक्तपुरका चारै नगरपालिकाका
शहरदेखि ग्रामीण क्षेत्रसम्मका आकर्षक
पर्यटकीय क्षेत्रको अवलोकन गरिने
बताए । यात्रामा
सहभागी होटल हाइल्याण्ड
रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर
बकेँले साइकलबाट आन्तरिक तथा
बाह्य पर्यटनको विकास
गर्न सकिने बताए
।