काठमाडौं, एजेन्सी । पोर्चुगिज स्टार फरवर्ड क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउन साउदी अरेबियन क्लबले आकर्षक प्रस्ताव पठाएको छ । साउदी अरेबियन क्लबले रोनाल्डोलाई अनुबन्ध गर्न म्यानचेष्टर युनाइटेडसामु प्रस्ताव पठाएको हो । सीएनएन पोर्चुगलका अनुसार साउदी अरेबियन क्लबको प्रस्ताव युनाइटेड र रोनाल्डोले स्वीकार गरेमा वार्षिक १२५ मिलियन युरो पाउनेछन् ।
सम्झौता अनुसार युनाइटेडले ३५ मिलियन युरो पाउनेछ । जुन रकम गत सिजनमा युभेन्टसलाई तिरेको भन्दा धेरै हा । सम्झौता भएमा एजेन्टले मात्र २४ मिलियन युरो पाउनेछ ।
दुई वर्षका लागि प्रस्ताव गरिएको सम्झौता अनुसार रोनाल्डोले २५० मिलियन युरो पाउनेछन् । तर यता म्यानचेष्टर रोनाल्डालाई बेच्न तयार नभएको चर्चा छ । युनाइटेडले प्रि– सिजनको तयारीमा ढिला फर्कनको लागि क्लबलाई अनुमति दिइसकेको छ । क्लबले रोनाल्डो आफुहरुको तयारीमा रहेकाले उनलाई अन्त पठाउने कुनै योजना नरहेको जनाएको छ ।
साउदी अरेबियन क्लबको प्रस्ताबबारे आएको अपवाह बढेको र रोनाल्डोसँग कुराकानी गरेको छ । यसबारेमा दुवै पक्षले स्पष्ट कुराकानी गरेको बताइएको छ ।