समुदायमा सहकारी र सदस्यको भूमिका

0

समुदायमा सहकारी र सदस्यको भूमिका
Image : Nagrik Network


काठमाडौं । समुदाय भित्रै रहर, समुदायकै लागि धेरैभन्दा धेरै वित्तिय कारोबार गर्ने संस्था हो सहकारी । जसले वित्तिय सेवा मात्र नभई मानिसको जन्मदेखि मृत्युसम्ममा जोडिएर काम गरिरहेको हुन्छ । घर परिवार तथा समाजका हरेक ब्यक्तिको बारेमा जानकारी राखेको हुन्छ सहकारीले । अर्थात समुदायका व्यक्तिको जन्म कुण्डली नै सहकारीको हातमा हुन्छ ।

त्यसैले त ३० हजार सहकारीमा ७० लाख मानिस आवद्ध छन् । तर, सहकारीमा मानिस किन र कसरी आवद्ध भएका छन् भन्ने कुरा चाही मुख्य कुरा हो । के ७० लाख मानिसले सहकारीलाई चिनेका वा बुझेका छन् त ? सायद छैनन् ।

सदस्यले सहकारीका बारेमा राम्ररी बुझेका छैनन् सरोकारवालाहरुले पनि बुझाउने प्रयास गरेका देखिदैनन् अनि सदस्यले पनि बुझ्न चाहेका छैनन् । किन भने सहकारीका अगुवाहरु र संचालकहरुले सहकारीको बाटो मोडिदिएका छन् । सदस्यले सहकारी बुझ्ने कसरी ? सदस्यलाई सहकारी बुझाउने कार्यक्रम नै छैनन् ।

भएका सहकारी शिक्षाजस्ता कार्यक्रमका बजेट सहकारी नेता र नियामकहरुले देश बिदेश घुमेर, रिसोर्ट र जंगल चाहरेर सकेका हुन्छन् । सहकारीका संचालकले जंगल चाहरेर रुख बुट्टालाई अंगालो हालेर ध्यान गर्दैमा सदस्यमा सहकारी शिक्षा पुग्छ र !

जिल्लादेखि केन्द्र तथा महासंघसमेत सदस्यलाई सहकारी शिक्षा पुर्याउनमा चुकेको छ । सहकारीमा ब्याजको लोभमा कारोबार गरिरहेका छन् । सहकारीहरु गलत बाटोमा जाने खतरा छ । मूलुकको वित्तिय क्षेत्र असहज बन्दै गर्दा, सहकारीहरुलाई पनि सहजता छैन् । तरलता ब्यवस्थापन गर्नेदेखि सदस्यलाई मुनाफा दिनेसम्मको चुनौति छ । सदस्यलाई नगदमा मुनाफा चाहिन्छ, सहकारीले सदस्यलाई देखाउनकै लागि भएपनि नाफा बाँडेका हुन्छन् ।

अहिले सहकारीले बिभिन्न आकर्षक योजना र प्रतिवद्धता सहित सदस्यसँग रकम संकलन गरिएको हुन्छ । सदस्यले पनि ब्याजको लोभमा परेर पैसा राखेको हुन्छ । त्यसले गर्दा सहकारीमा सहकारीताको भावना रहेन, सदस्यले सहकारी बुझेन, अभियानले बुझाउन चाहेन र सहकारीमा समस्या आउने क्रम बढ्दै छ ।

सदस्य केन्द्रीत र सदस्यद्धारा नियन्त्रित सहकारी हो भने सहकारीमा समस्या आउँदैन र भवितब्य आइहालेपनि सदस्यद्धारा नै समाधान हुन्छ, बजारमा छताछुल्ल हुन्न । 

बास्तवमा यदि सदस्य केन्द्रीत र सदस्यद्धारा नियन्त्रित सहकारी हो भने सहकारीमा समस्या आउँदैन र भवितब्य आइहालेपनि सदस्यद्धारा नै समाधान हुन्छ, बजारमा छताछुल्ल हुन्न । प्रत्येक सदस्यलाई आफू आवद्ध संस्थाको बारेमा पूर्ण जानकारी हुनु पर्छ, हरेक गतिबिधिमा आवद्ध हुनु पर्छ । सहकारीले तपाइको पैसाको ब्याज मात्र दिंदैन, तपाइको परिवार र जीवनसंग पनि सरोकार राख्दछ । समाज र सामाजिक कार्यमा पनि चासो र चियो चर्चा गर्छ । यदि यसो गरेको छैन भने त्यो सहकारी हैन्, मात्र पैसाको पसल राखेको दुकान मात्र हो । अहिलेका बहुसंख्यक सहकारीको नीति नै यही रहेको छ ।

 सहकारीमा आवद्ध सदस्यहरु पनि सहकारीसँग ब्याज मात्र हिसाव गर्ने, अरु कृयाकलापमा सहभागी नहुने र सहकारीका बारेमा बुझ्ने कोशिश नगर्ने हो भने तिनको लागि कारोबार गर्न भरपर्दो र बिश्वसनीय बैंक वित्तिय संस्था नै ठिक छन्, सहकारीका कार्यालय नगएपनि हुन्छ । ब्यापारी मगजमा सहकारीमा कारोबार गर्ने सदस्य र संचालकले सहकारी छाडेकै राम्रो ।

संरक्षित पूँजी फिर्ता कोष, सहकारी शिक्षा कोष, जगेडा कोष, सहकारी प्रवर्धन कोष, सेयर लाभांस कोष, सामुदायिक विकास कोषलगायतका एक दर्जन कोषहरुबाट सदस्यले लाभ लिन सक्छन् ।

के तपाईले यी कुरा ख्याल गर्नु भएको छ ? त्यसैले सहकारीको सेवाहरुलाई ब्याजमा मात्र तुलना गर्न हुँदैन र अन्य तरिकाबाट पनि लाभ लिन सकिन्छ । जुन सहकारीमा तरलता अभावजस्ता समस्याले बिकराल रुप लिन्छ भने त्यसको भागिदार सदस्य पनि हुन्छन्, सदस्यले पनि संस्थाप्रति आफ्नो कर्तब्य र जिम्मेवारी भुलेको ठानिन्छ । 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top