यस वर्षको गाईजात्रा भव्य रुपमा मनाइने

0

यस वर्षको गाईजात्रा भव्य रुपमा मनाइने


भक्तपुर । कोभिड–१९ का कारण विगत दुई वर्षबाट औपचारिक रुपमा मात्र मनाउँदै आएको सापारु अर्थात गाईजात्रा यसवर्ष भव्य र सभ्य रुपमा मनाइने भएको छ । भक्तपुर नगरपालिकाले २०७९ सालको गाईजात्रा पर्व (सापारु) प्रदर्शन गर्नेबारे संस्कृतिकर्मीको भेला गरेर कोरोनाका कारण दुई वर्षसम्म औपचारिकतामा मात्रै मनाएको गाइजात्रा सापारु पर्वलाई यसवर्ष भने टोल टोलमा भव्य र सभ्य रुपमा मनाउने भएको हो ।

नगरका दाफा, भजन, साँस्कृतिक टोलीलगायतको सहभागितामा भएको छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिड महामारीका कारण दुई वर्षसम्म गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपरे पनि यस पटकको गाईजात्रा भने सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गरिने बताउनु भयो । यस वर्षको सापारुमा बढीभन्दा बढी साँस्कृतिक गतिविधिहरु प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गरिने बताउदै उहाँले गाईजात्रा मार्फत जनतालाई राजनीतिक र सामाजिक रुपमा सचेत बनाउँदै लैजाने बताउनु भयो । भनपा–५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ, ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वलगायतले गथामुंग र सापारु पर्वमा भित्रिन थालेका विकृति हटाउदै लैजानु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सहभागी संस्कृतिकर्मीहरूले घिन्ताङघिसी नाचमा देखिएका विकृति रोक्नु पर्ने, परम्परागत बाजाहरुको संरक्षण गर्नुपर्ने, लोप भएका संस्कृति तथा बाजागाजा उत्थान गर्न आर्थिक सहयोगको गर्नु पर्ने, पर्यटकहरुलाई आकर्षण गर्न सांस्कृतिक प्रदर्शनी गर्नुपर्ने, गाइजात्रा रुटमा रहेका केबल र तारहरुको उचित व्यवस्थापन गर्नुपर्ने लगायतका व्यवस्था गर्नुपर्ने बताएका थिए ।


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top