भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं. ५ र ७ मा रहेको स्वबासी स्थानीयहरुलाई बिहिवार जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयले नाप जाँच गरी हाल साविक गरेर तयार गरिएको ५१९ थान जग्गाधनी पुर्जा नगरपालिकाको पहलमा नापी कार्यालयले नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा वितरण गरिएको हो । नापी भएको एक दशक भन्दा बढी भएपनि जग्गाधनीले पुर्जा नपाउँदा अनेकौं समस्या भोग्नु परेको जनगुनासो बढेपछि नगरपालिकाको पहलमा ती पुर्जा वितरण गरिएको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताउनुभयो ।
उहाँले अहिले वडा नंं ५ र ७ का जग्गाधनीलाई पुर्जा वितरण गरिएको र आगामी एक वर्षभित्र नगरका सबै वडाका स्वबासी जग्गाधनीलाई पुर्जा वितरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सम्पत्ति भए पनि कागजी प्रमाण नहुँदा सुकुम्बासी जस्तै भइरहेका जग्गाधनीहरुलाई पुर्जा पाएपछि सम्पत्तिमाथि भोकाधिकार कायम भएको बताउनुभयो । उहाँले क्रमशः बाँकी वडाहरुको पनि पुर्जा वितरणलाई निरन्तरता दिँदैं जाने योजना रहेको बताउँदैं स्थानीयलाई पनि छिटो भन्दा छिटो जग्गाधनी पुर्जा प्राप्तिको लागि नगरपालिकाको सम्वन्धित वडा कार्यालयमा आवेदन दिन आग्रह गर्नुभयो ।




%20(%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8%E0%A4%95%E0%A4%BE%20%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF).gif)
