मध्यपुर थिमि म्हसीका (पहिचान) गीतको भिडियो सार्वजनिक

0

मध्यपुर थिमि म्हसीका (पहिचान) गीतको भिडियो सार्वजनिक


भक्तपुर । ‘मध्यपुर थिमि म्हसीका (मध्यपुर थिमिको पहिचान) नामक गीतको भिडियो यचु पार्टी भेन्युमा भएको एक कार्यक्रममा प्रमुख अतिथि वाद्य तथा साँस्कृतिक नाच गुरु श्रीगोपाल प्रजापतिले सार्जजनिक गरेका छन्े ।

उनले कम्प्युटरको माउस क्लिक गरेर सो भिडियो सार्वजनिकीकरण गरेका हुन् । त्यसरी नै सोही कार्यक्रममा वागमती प्रदेश सभाका पूर्व सभासद् डा. राजेन्द्रमान श्रेष्ठले हाम्रो जात्रा युट्युब च्यानलमा अपलोड गरेका थिए । सो कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र वडा नं ७ का वडा अध्यक्ष कृष्णकुमार प्रजापतिले शुभकामना मन्तव्य दिएका थिए ।

कवि नविनप्रकाश श्रेष्ठको शब्द तथा विजय श्रेष्ठको संगीत रहेको ‘मध्यपुर थिमि म्हसीका’ गीतको एरेन्ज  जुगल डंगोलले गरेका हुन् । कल्पना श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा मध्यपुर थिमिको लिच्छविकालिन, मल्लकालिन र वर्तमान सम्मको नामकरणको इतिहासलाई चर्चा गरिएको छ । भिडियोमा गीतको भाव अनुसार मध्यपुर थिमिको सम्पदा, संस्कृति, जात्रा पर्व र परम्परागत पेशासमेतलाई भिडियोमा समेटिएको छ । गीतका  रचनाकार श्रेष्ठले ५ मिनेटको छोटो भिडियो र शब्दबाट मध्यपुर थिमिको परिचय बिश्वव्यापी बनाउने लक्ष्य रहेको वताए । 

वालमुकुन्द प्रजापतिको निर्देशन रहेको सो भिडियोमा ४५ जना कलाकारले अभिनय गरेका छन । भिडियो मध्यपुर थिमि नगरपालिकाको सहयोग र मध्यपुर अस्पताल प्रा लि, शंखधर मेमोरियल स्कुल, वालकुमारी वचत तथा ऋण सहकारी संस्था लि र यचु पार्टी भेन्युको अतिरिक्त  सहयोगमा निर्माण गरिएको कार्यक्रममा जानकारी दिएको छ ।

मध्यपुर थिमि म्हसीका (पहिचान) गीतको भिडियो सार्वजनिक






Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)


 


 

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top